नेपाल हेल्थ न्युज, काठमाडौँ । सर्बोच्च अदालतले स्वास्थ्य सचिव नियुक्ति प्रक्रिया सम्बन्धि निर्णय फाइल झिकाउने आदेश गरेको छ ।
अतिरिक्त स्वास्थ्य सचिव डा.संगीता कौशल मिश्राको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले निर्णय फाइल झिकाउने आदेश गरेको हो ।
सो रिटमा गत ३ चैतमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालले सरकारका नाममा कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न आजका लागि पेशी तोक्नुभएको थियो । मिश्रा सरकारी निर्णयबिरुद्ध गत चैत १ गते सर्बोच्च अदालत जानुभएको थियो । गत २१ मा बसेको मन्त्रिपरिषद्को बैठकले डा विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ, स्वास्थ्य मन्त्री, बढुवा समिति र नयाँ स्वास्थ्य सचिव डा विकास देवकोटालाई विपक्षी बनाइएको छ ।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
