नेपाल हेल्थ न्युज, भक्तपुर। नेपालमा ४० प्रतिशत क्षयरोगीहरु उपचारको पहुँचबाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ ।
केन्द्रद्धारा आज भक्तपुरमा पत्रकारसँगको अन्तरक्रियामा केन्द्रका निर्देशक डा.श्रीराम तिवारीले ४० प्रतिशत क्षयरोगीहरु ग्रामीण समुदायमा उपचारको पहुँच बाहिर रहेको बताउनुभयो । क्षयरोगको उपचार ९२ प्रतिशत सफल हुने गरेको बताउँदै निर्देशक तिवारीले उपचारमा आउने करिब ७२ प्रतिशतमा फोक्सोको क्षयरोग हुने गरेको स्पष्ट पार्नुभयो । शरीरका अन्य अंगमा २८ प्रतिशत क्षयरोग हुने गरेको उहाँले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनले सन् २०२३ मा नेपालमा करिब ६८ हजार व्यक्ति क्षयरोग प्रभावित भएको उल्लेख गरेको छ । यसैगरी क्षयरोगका कारण १६ हजार व्यक्तिको मृत्यु भएको अनुमान छ। केन्द्रले ४० हजार ७ सय ७६ जना क्षयरोगी उपचारको पहुँचमा आएको जनाएको छ ।
यस वर्ष (सन् २०२५ मा) हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता भन्ने मुल नाराका साथ भोलि मार्च २४ मा नेपालमा पनि विश्व क्षययरोग दिवस मनाइँदै छ ।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
