नेपाल हेल्थ न्युज, भक्तपुर । आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ मा विश्व क्षययरोग दिवस मनाउने गरिन्छ। हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता भन्ने मुल नाराका साथ नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाइँदै छ ।
क्षयरोगविश्वभर लाखौंलाई प्रभावित गर्ने सरुवा रोग हो र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२३ मा नेपालमा अनुमानित ६८,००० नयाँ क्षयरोग प्रभावित रहेका छन् । जसको दर प्रति १ लाख जनसङ्ख्यामा २२९ हो। त्यसैगरी क्षयरोगका कारण १६,००० व्यक्तिको मृत्यु भएको अनुमान ्छ । यो मृत्युदर प्रति १ लाख जनसङ्ख्यामा ५४ हो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४०,७७६ जना क्षयरोग प्रभावित व्यक्तिहरु उपचारमा दर्ता गरेको छ । जसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष छन् । उपचारमा दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रशित फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग रहेका छन् । उपचार सफलता दर ९२ प्रतिशत रहेको छ।
करिब ४० प्रतिशत क्षयरोगीहरु ग्रामीण समुदायमा उपचारको पहुँच बाहिर रहेको केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले बताउनुभएको छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०२३ मा नेपालमा करिब ६८ हजार व्यक्ति क्षयरोग प्रभावित भएको उल्लेख गरेको छ । यसैगरी क्षयरोगका कारण १६ हजार व्यक्तिको मृत्यु भएको अनुमान छ। केन्द्रले ४० हजार ७ सय ७६ जना क्षयरोगी उपचारको पहुँचमा आएको जनाएको छ ।
तर नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।
क्षयरोग मानव जातिमा देखा परेका विभिन्न रोगहरुमध्ये सबैभन्दा पुरानो रोगमध्येमा पर्दछ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको कीटाणु पत्ता लगाएका थिए ।
यसपछि मात्र यो रोगकाबारे जनचासो बढेको र वैज्ञानिकहरूले थप अनुसन्धान गरेको पाइन्छ । यो रोग श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने रोगको रुपमा परिभाषित छ । त्यसैले हालसम्म यसैलाई आधार मानेर यसको पहिचान निदान र उपचार भइरहेको छ ।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
