नेपाल हेल्थ न्युज, भक्तपुर । आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ मा विश्व क्षययरोग दिवस मनाउने गरिन्छ। हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता भन्ने मुल नाराका साथ नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाइँदै छ ।
क्षयरोगविश्वभर लाखौंलाई प्रभावित गर्ने सरुवा रोग हो र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२३ मा नेपालमा अनुमानित ६८,००० नयाँ क्षयरोग प्रभावित रहेका छन् । जसको दर प्रति १ लाख जनसङ्ख्यामा २२९ हो। त्यसैगरी क्षयरोगका कारण १६,००० व्यक्तिको मृत्यु भएको अनुमान ्छ । यो मृत्युदर प्रति १ लाख जनसङ्ख्यामा ५४ हो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४०,७७६ जना क्षयरोग प्रभावित व्यक्तिहरु उपचारमा दर्ता गरेको छ । जसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष छन् । उपचारमा दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रशित फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग रहेका छन् । उपचार सफलता दर ९२ प्रतिशत रहेको छ।
करिब ४० प्रतिशत क्षयरोगीहरु ग्रामीण समुदायमा उपचारको पहुँच बाहिर रहेको केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले बताउनुभएको छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०२३ मा नेपालमा करिब ६८ हजार व्यक्ति क्षयरोग प्रभावित भएको उल्लेख गरेको छ । यसैगरी क्षयरोगका कारण १६ हजार व्यक्तिको मृत्यु भएको अनुमान छ। केन्द्रले ४० हजार ७ सय ७६ जना क्षयरोगी उपचारको पहुँचमा आएको जनाएको छ ।
तर नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।
क्षयरोग मानव जातिमा देखा परेका विभिन्न रोगहरुमध्ये सबैभन्दा पुरानो रोगमध्येमा पर्दछ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको कीटाणु पत्ता लगाएका थिए ।
यसपछि मात्र यो रोगकाबारे जनचासो बढेको र वैज्ञानिकहरूले थप अनुसन्धान गरेको पाइन्छ । यो रोग श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने रोगको रुपमा परिभाषित छ । त्यसैले हालसम्म यसैलाई आधार मानेर यसको पहिचान निदान र उपचार भइरहेको छ ।
-1745933173.jpeg)
हिजोको बैठकपछि पनि निष्कर्ष नआउँदा चिकित्सकको आन्दोलन यथावत्
मंगलबार, वैशाख १६, २०८२
नेपालमा स्वास्थ्य क्रान्ति? सातै प्रदेशमा विशेष उपचार सेवा विस्तार हुँदै
मंगलबार, वैशाख १६, २०८२
५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ताबढाउन सरकारलाई आग्रह
मंगलबार, वैशाख १६, २०८२
मोरङको बुढीगंगामा एक अर्ब लगानीको औषधि उद्योग स्थापना हुँदै
मंगलबार, वैशाख १६, २०८२