नेपाल हेल्थ न्युज, काठमाडौं । दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्रधानमन्त्री मानार्थ कुलपति मात्रै रहने भएका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रधानमन्त्रीलाई कुलपतिमा मानार्थ हैसियत मात्र प्रदान गर्नेगरी शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयकमा सहमति जुटाएको हो । हाल देशमा रहेका १८ वटा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ । प्रधानमन्त्रीले नै विश्वविद्यालयको सभा (सिनेट) को अध्यक्षता गर्ने व्यवस्था छ ।
समितिले विश्वविद्यालयसँग सम्बन्धित विधेयकमा सिनेटको अध्यक्षता सहकुलपतिलाई दिने भएको छ। सरकारले ल्याएको विधेयकमा प्रधानमन्त्रीले कुलपतिको हैसियतमा सिनेटको अध्यक्षता गर्ने प्रस्ताव गरिएको थियो। विश्वविद्यालयको सहकुलपति शिक्षामन्त्री रहन्छन्।
विधेयकमा समितिले दुईटा सहकुलपतिको व्यवस्था गरेको छ। स्वास्थ क्षेत्रसँग जोडिएको विश्वविद्यलाय भएकाले समितिले यसपटक शिक्षा मन्त्रीसँगै स्वास्थ्य मन्त्रीलाई पनि सहकुलपतीमा राख्ने भएको छ। सिनेटको अध्यक्षता शिक्षा मन्त्रीले गरेपनि स्वास्थ्य मन्त्रीलाई पनि सहकुलपतिकै हैसियतमा बैठकमा सहभागी गराउने गरी समितिले विधेयकमा सहमति जुटाएको उल्लेख छ ।
यो विश्वविद्यलाय कैलालीको गेटामा रहने गरी निर्माण गर्न लागिएको हो। यो विधेयक बनेपछि हाल सञ्चालनमा रहेको गेटा मेडिकल कलेजमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रूपान्तरण हुनेछ।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
