नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मस्कुलर डिष्ट्रोफीको उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. जगदिशप्रसाद अग्रवालको संयोजकत्वमा समिति गठन गरेको छ ।
मस्कुलर डिष्ट्रोफीको पहिचान, उपचार, रोकथाम एवं पुनर्स्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्रा.डा. अग्रवालको संयोजकत्वको सुझाव समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा त्रिवि शिक्षण अस्पतालका प्रा.डा. रोहितकुमार पोखरेल, मस्कुलर डिस्ट्रोफी फाउण्डेसन नेपालका अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्रा.डा. मिता शाह राना तथा मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल रहनुभएको छ । साथै नेपाल पिडियाट्रिक्स सोसाइटीका प्रतिनिधि तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी निष्ठा श्रेष्ठलाई सदस्य सचिव राखिएको छ ।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
