नेपाल हेल्थ न्यूज, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्दै स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान सुरु गरेको छ। यस सहकार्यका माध्यमबाट अब वीर अस्पतालमा स्तन, पाठेघर र सभाईकल क्यान्सरका नियमित निःशुल्क परीक्षणहरू उपलब्ध हुनेछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा, पाठेघरको मुखको क्यान्सरको नियन्त्रणका लागि फागुन महिनाभर देशभर निःशुल्क परीक्षण आयोजना गरिएको थियो। यस अभियानको भाग बनेर, काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेर क्यान्सर परीक्षणका लागि आवश्यक संसाधन र सेवाहरू उपलब्ध गराउनेछ।
मन्त्री पौडेल र काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो। मन्त्री पौडेलले क्यान्सरका उपचारात्मक सेवामा सुधार ल्याउनुका साथै, यस रोगको रोकथामका लागि सचेतनाका कार्यक्रमहरूको महत्त्वलाई दिनुभएको छ ।
'स्वास्थ्य क्षेत्रमा तीन सरकार मिलेर काम गर्नुपर्छ। यो सहकार्य काठमाडौं महानगरसँग क्यान्सर नियन्त्रणको लागि राम्रो उदाहरण हो'- मन्त्री पौडेलले भन्नुभयो। उहाँले काठमाडौं महानगरपालिकाको आभार व्यक्त गर्दै कार्यक्रमको सफल कार्यान्वयनको आशा व्यक्त गर्नुभयो।
महानगर उपप्रमुख सुनिता डंगोलले भन्नुभयो स्तन र पाठेघरको मुखको क्यान्सर महिलाहरूको लागि ठूलो समस्या बनिरहेको छ। यस सहकार्यबाट महिलाको जीवन रक्षा गर्ने महत्त्वपूर्ण कदम हुनेछ ।
वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माका अनुसार, काठमाडौं महानगरले आर्थिक सहयोग उपलब्ध गराउनेछ भने वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति र व्यवस्थापनको जिम्मेवारी लिनुका साथै निःशुल्क परीक्षण कार्यक्रमलाई प्रभावकारी बनाउनेछ।
यस सहकार्यको माध्यमबाट, क्यान्सरका जोखिममा रहेका नागरिकहरूलाई निःशुल्क परीक्षणको सुविधा उपलब्ध गराई, स्वास्थ्य क्षेत्रमा एक सकारात्मक कदम उठाइएको छ।
सरकारमा थपिए दुई मन्त्री, गौरी र रामजी मन्त्री बन्दै
शुक्रबार, चैत २७, २०८२
स्वास्थ्य व्यवसायी परिषद अध्यक्षको कार्यकक्षमा डेन्टल हाइजेनिस्टद्वारा तालाबन्दी
शुक्रबार, चैत २७, २०८२
मेडिकल कलेजहरुलाई तीन साता भित्र विद्यार्थी भर्ना वापतको रकम बुझाउन निर्देशन
शुक्रबार, चैत २७, २०८२
नर्स जीता बरालको लाइसेन्स पुनः बहाल, लामो संघर्षपछि न्याय
शुक्रबार, चैत २७, २०८२
