नेपाल हेल्थ न्यूज, काठमाडौं – स्वास्थ्य सचिव नियुक्तिको विरोधमा सर्वोच्च अदालतमा डा.संगीता मिश्रले हालेको रिटको सुनुवाई सोमबार हुन सकेन ।
सर्वोच्च अदालतको न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा रहेको सुनुवाई सोमबारका लागि तोकिएको थियो, तर अब उक्त सुनुवाईको मिति फेरि तोकिनेछ।
यसअघि, शुक्रबारको सुनुवाईपछि न्यायाधीशद्वयले स्वास्थ्य सचिव नियुक्तिको निर्णय फाइल झिकाउने आदेश दिएका थिए।
गत फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो। यस निर्णयपछि, स्वास्थ्य सचिवमा आफूलाई नियुक्त नगरेको भन्दै डा. संगीता कौशल मिश्राले चैत १ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
उहाँको रिटको प्रारम्भिक सुनुवाई ३ गते हुँदै, न्यायाधीश बालकृष्ण ढकालले सरकारलाई कारण देखाउने आदेश दिएका थिए र अन्तरिम आदेशको विषयमा छलफल गर्न शुक्रबारको लागि पेशी तोकिएको थियो।
शुक्रबारको सुनुवाईपछि, फाइल झिकाउने आदेश जारी भएको थियो र सोमबारका लागि नयाँ पेशी तोकिएको थियो।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
