नेपाल हेल्थ न्युज, बाँके ।सहिद स्मृति केन्द्रका आजीवन सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार ओमप्रकाश सापकोटाकी जीवन सङ्गिनी सावित्री सापकोटाको मृत्युपछि पार्थिव शरीर अध्ययनका लागि दान गरिएको छ।
उहाँले मृत्यु अघि नै शरीर नजलाउने निर्णय गर्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, चिसापानीलाई दान गर्ने घोषणा गर्नुभएको थियो। सोमबार सिभिल अस्पताल, काठमाडौंमा उहाँको निधन भएको थियो।
स्व. सापकोटाका श्रीमान् ओमप्रकाश केसी (प्रयत्न) ले पनि मरणोपरान्त शरीर दान गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ। आज लर्डबुद्ध एजुकेशनल एकेडेमी लि. द्वारा सञ्चालित मेडिकल कलेजलाई शव हस्तान्तरण गरिएको छ।
बाँकेमा मृत शरीर दान गरिएको यो पहिलो घटना भएको मृतकका छोरा दीपक सापकोटाले जानकारी दिनुभयो।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
