नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएको छ ।
मन्त्री पौडेलले आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको उपचार नरोकिने व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।
हाल केन्द्रले पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार रुपैयाँ सहायता प्रदान गर्दै आएको छ। यस वर्षको पुष महिनासम्म चार सय ८० बालबालिकाले निःशुल्क शल्यक्रियासहितको उपचार सेवा प्राप्त गरेका छन्।
सञ्चालक समितिका सदस्य दीपक सापकोटाले स्थानीय तहहरूसँगको सहकार्यले बाल मुटु उपचारलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने अध्ययनले देखाएको छ। मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यले थप श्रोतको खोजी गरिने बताउनुभयो ।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
