नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष चन्द्रबहादुर थापाले पदबहाली गर्नुभएको छ। बुधबार दिउँसो बबरमहलस्थित बोर्डको कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
थापालाई गत सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चार वर्षका लागि अध्यक्ष नियुक्त गर्नुभएको थियो। उहाँले मंगलबार नै पद तथा गोपनियताको सपथ लिनुभएको थियो। यसअघि बोर्ड सदस्यको रूपमा तीन वर्षको अनुभव सँगालेका थापाले स्वास्थ्य बीमा प्रणालीलाई अझ प्रभावकारी बनाउन विशेष योजना अघि बढाउने बताउनुभएको छ ।
औपचारिक क्षेत्रलाई प्राथमिकता
थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन औपचारिक क्षेत्रलाई समेट्नुपर्नेमा जोड दिनुभएको छ।
स्वास्थ्य बीमा सफल भएका देशहरूमा औपचारिक क्षेत्रबाट सुरु भएको छ, तर नेपालमा उल्टो प्रक्रिया अपनाइएको छ। अनौपचारिक क्षेत्रबाट सुरु भएको यो कार्यक्रमलाई अब व्यवस्थित गर्न आवश्यक छ।
आर्थिक दीगो विकास र डिजिटलाइजेसनमा ध्यान
स्वास्थ्य बीमाका विभिन्न कार्यक्रमलाई एकीकृत नीति अन्तर्गत अघि बढाउने, आर्थिक स्रोत व्यवस्थापनलाई दीगो बनाउने र डिजिटल प्रणालीलाई मजबुत बनाउने योजना रहेको उहाँले बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रममा देखा परेका आर्थिक समस्याको स्थायी समाधान निकाल्न आवश्यक कदम चाल्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
थापाले जनशक्ति व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण, र नीतिगत सुधारहरू गरेर स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने लक्ष्य राख्नुभएको छ ।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
