नेपाल हेल्थ न्युज, काठमाडौँ । वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठको निधनले नेपालको चिकित्सा क्षेत्र स्तब्ध भएको छ । ८९ वर्षीय डा. श्रेष्ठले सर्वसधारणदेखि राजपरिवारसम्म आफ्नो चिकित्सकीय सेवा प्रदान गर्नुभएको थियो । ब्लुक्रस हस्पिटलका संरक्षक रहनुभएका श्रेष्ठको निधन बिहीबार बिहान भएको हो।
डा. श्रेष्ठ तत्कालीन राजा वीरेन्द्र तथा मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका निजी चिकित्सकको रुपमा सेवा गर्नुभएको थियो । उहाँले २०५३ सालमा औपचारिक रुपमा ‘शाही चिकित्सक’को उपाधि प्राप्त गर्नुभएको थियो । राज परिवार हत्याकाण्डपछि २०५८ सालमा उहाँले सेवाबाट अवकाश लिनुभएको थियो ।
डा. श्रेष्ठ सिभिल एभिएसन मेडिकल एस्सेसर, खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष तथा नेपाल लेप्रोसी रिलिफ एसोसिएसनका वरिष्ठ उपाध्यक्षका रुपमा पनि सक्रिय हुनुहुन्थ्यो ।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज कुपन्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जानकारी दिएको छ।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
