नेपाल हेल्थ न्युज,पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
रोटरी क्लब अफ रामपुर र रोट्रर्याक्ट क्लब सेन्ट्रलको आयोजना तथा रामपुर नगरपालिकाको संयोजनमा भएको बृहत् शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गौला जाँच गरी बिरामीलाई निःशुल्क औषधि गर्नुभएको थियो । शिविरमा मधुमेह, रक्तचापलगायत अन्य रोगको पनि परीक्षण भएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
