नेपाल हेल्थ न्युज, काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन केन्द्रीय सरकारलाई प्रस्ताव गरेको छ ।
२ सय शैय्या रहेको सो अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नती गर्न प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई पत्राचार गरेको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ३ सय शैय्यामा स्तरोन्नती गरी केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रादेशिक रिफरल अस्पतालसमेत रहेको सो अस्पताललाई केन्द्रीय अस्पताल बनाइए सो प्रदेशमा तीन वटा केन्द्रिय अस्पताल रहनेछन् । हाल डडेलधुरा अस्पताल र प्रस्तावित गेटा मेडिकल कलेज अस्पताललाई केन्द्रीय अस्पताल मातहतमा नै राखिएको छ । सो अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नती गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा मन्त्रालयमा छलफल भइरहेको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा। कृष्ण पौडेलले बताए । ‘तीन सय शैय्या स्तरोन्नती गर्ने प्रस्ताव आएको छ,’ उनले भने ‘छलफलकै चरणमा छ, निर्णय भइसकेको छैन ।’
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
