नेपाल हेल्थ न्युज, बाजुरा । लामो समयपछि आफ्नो आँखाको ज्योति फर्किएपछि अहिले बाजुराको दुर्गम गाउँबस्तीका बुढापाका खुसी देखिन्छन् । मोतीविन्दुका कारण लामो समयदेखि आँखा नदेख्ने समस्या भोग्दै गरेका यहाँका बुढापाकाको अहिले गाउँमै आँखाको अपरेसन भएर ज्योति फर्किएपछि उनीहरू खुसी देखिएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण आफैँ उपचार गर्न नसक्दा उहाँहरू लामो समयदेखि घरमै अन्धो अवस्थामा बस्न बाध्य हुनुभएको थियो ।
यही अवस्थालाई ध्यानमा राख्दै हिमाली गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग र रुइत फाउन्डेसन काठमाडौँको आर्थिक सहयोगमा यहाँका दुर्गम गाउँबस्तीका स्थानीयलाई गाउँमै निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ ।
७० वर्षीय स्थानीय जयसुर भण्डारीले मोतीविन्दुका कारण आफूले आँखाको ज्योति गुमाएको बताउँदै गाउँमै आएको यो निःशुल्क आँखा शिविरमा आँखा देख्न थालेपछि आफू निकै खुसी भएको बताउनुभयो ।
गत चैत १० देखि १३ गतेसम्म यहाँका प्रत्येक वडामा शिविर सञ्चालन गरेको थियो । त्यसै शिविरमा अपरेसनका लागि छनोट भएका १०३ जनाको चैत १५ र १६ गते पालिकाको स्वास्थ्य चौकीमा अपरेसन गरिएको थियो । उनीहरूको गुमेको त्यो आँखाको ज्योति फर्किएपछि अहिले उनीहरू निकै खुसी भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
