नेपाल हेल्थ न्युज, बागलुङ । गलकोट नगर अस्पतालले पूर्वाधारसँगै सेवा विस्तार गरेको छ । फिजियोथेरापी सेवा सुरु गर्न लागेको अस्पतालले त्यसको लागि भौतिक संरचना पनि थप्दै छ ।
गलकोट समाज युकेको सहयोगमा फिजियोथेरापी सेवा सञ्चालनका लागि सहयोगको प्रतिवद्धता आएपछि अस्पतालले तयारी गरेको हो । अस्पतालभित्रै चिकित्सकहरुको आवास राखेर सेवा दिने तयारी छ । चालु वर्ष नगरपालिका र प्रदेश सरकारको सहयोगमा ४० लाख रुपियाँको लागतमा चार कोठा थप गर्न लागिएको हो ।
अस्पतालमा भिडियो एक्सरे, अल्ट्रसाउण्ड, ल्याब, ओपिडी, सुत्केरीसहित पोष्टमार्टम सेवा संचालनमा छ । त्यस बाहेक अस्पतालमा फिजियोथेरापी सेवा पनि सञ्चालनको तयारी भएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताउनुभयो ।
अस्पतालले एकै वर्षमा ३० हजार बढी बिरामीलाई सेवा दिएको छ । सल्यक्रिया सेवा सुरु भएपछि अस्पतालले चालु वर्षको असोजदेखि फागुन मसान्त सम्ममा १६ जनाको अपरेशन भएको छ । पालिकाले दक्ष चिकित्सक, प्रसुतीकर्मीसहित उपकरण र पूर्वाधार व्यवस्थापन गरेको डा. पौडेलले बताउनुभयो ।
नगरपालिकाले पूर्वाधार निर्माणमा साथ दिएको छ भने गण्डकी प्रदेश सरकारले सामाग्री खरिद, उपकरण तथा तालिम लगायतमा साथ दिएको डा. पौडेलले जानकारी दिनुभयो । पूर्वाधार र सामाग्री पुगेपछि परिवार स्वास्थ्य महाशाखाले गत भदौ १६ गते अस्पताललाई अपरेशन सेवाको अनुमति दिएको थियो ।
गलकोट र ताराखोलासंगै बडिगाड गाउँपालिका र राजमार्गका बिरामीले समेत नगर अस्पतालबाट सेवा पाएका छन् । दैनिक १ सय ५० देखि १ सय ८० जनासम्म बिरामी अस्पतालमा उपचार गर्न आउने गरेको अस्पतालको तथ्याङ्क छ । सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्ससंगै पोष्टमार्टम सेवा समेत सुरु भएपछि सदरमुकाम बागलुङ बजार जाने झन्झट कम भएको स्थानीय बताउँछन् । अनलाईन गोरखापत्र
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
