नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल चिकित्सक संघले निजी मेडिकल कलेजहरूको प्रकाशित सिट संख्या घटाएर चिकित्सा शिक्षा आयोगले जारी गरेको म्याचिङ प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ। संघले सोमबार एक विज्ञप्ति जारी गर्दै हालको म्याचिङ प्रक्रिया अविलम्ब रोक्न र पूर्वनिर्धारित सिट संख्याका आधारमा प्रक्रिया पुनः प्रारम्भ गर्न आग्रह गरेको छ।
संघका अनुसार, निजी मेडिकल कलेजमा स्नातकोत्तर तहका विद्यार्थीलाई आर्थिक सुविधा उपलब्ध गराउन अस्वीकार गरिएको अवस्थामा हालको म्याचिङ सूचना सार्वजनिक गरिएको हो। संघले सरकारी मेडिकल कलेजका चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउन र चिकित्सा शिक्षा आयोगको आगामी बैठकमार्फत निर्णय पुनरावलोकन गर्न जोड दिएको छ।
'चिकित्सा शिक्षा आयोगद्वारा नेपाल सरकारका शैक्षिक संस्थाहरुमा स्नातकोत्तर (एमडी/एमएस/एमडीएस) को सिट संख्या थप गर्ने निर्णय गरिए पनि निजी मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई म्याचिङको सूचना निकालिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
