नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन भएको छ। उहाँले काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा अन्तिम श्वास लिनुभयो ।
कोभिड–१९ महामारीको दोस्रो लहरमा संक्रमित भएपछि उहाँको स्वास्थ्यमा दीर्घकालीन असर देखिएको थियो । संक्रमणमुक्त भए पनि बोल्न गाह्रो भयो । त्यसको केही समयपछि घाँटीमा क्यान्सर देखियो ।
बोहराको उपचारका लागि भारतको दिल्ली र अमेरिकाको न्यूयोर्कसम्म प्रयास गरिएको थियो। स्वास्थ्य समस्याका बाबजुद उहाँले राजनीतिक सक्रियता कायम राख्न प्रयास गर्नुभयो ।
उहाँ ३१ असोज २०७४ मा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको थियो । राजनीतिक जीवनका क्रममा उहाँले स्वास्थ्य क्षेत्र सुधारका प्रयासमा भूमिका निर्वाह गर्नुभएको थियो ।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
