नेपाल हेल्थ न्युज, काठमाडौँ । आवासीय चिकित्सकहरूले पुनः आन्दोलनको चेतावनी दिएका छन्। निजी मेडिकल कलेजका एमडी, एमएस, एमडीएस आवासीय चिकित्सकहरूले मासिक पारिश्रमिक सरकारी आठौं तह सरह भुक्तानी गर्नुपर्ने माग राख्दै आन्दोलनको तयारी गरेका हुन ।
चिकित्सा शिक्षा आयोगले पीजीको म्याचिङ प्रकृयामा सुधार गर्नुपर्ने माग समेत अघि सारिएको छ। आयोगले नीजि मेडिकल कलेजका सिटसमेत प्रवेश परीक्षा अगाडि समावेश गर्नुपर्ने र सम्पूर्ण आवासीय चिकित्सकहरूको मासिक पारिश्रमिक निश्चित गर्नुपर्ने माग छ।
चैत १३ मा आयोगले पीजी म्याचिङसम्बन्धी सूचना प्रकाशित गरेपछि आयोगको निर्णयले निजी मेडिकल कलेजहरूले सौदाबाजी गर्न खोजेको आरोप चिकित्सकहरूले लगाएका छन्।
उनीहरूले २४ घण्टाभित्र माग पूरा नभए अनिश्चितकालीन सेवा वहिष्कार गर्ने योजना सार्वजनिक गरेका छन्। यस निर्णयले चिकित्सा क्षेत्रको भविश्यमाथि प्रभाव पार्ने चिकित्सकहरूको ठहर छ। आयोगले दायित्वबाट भागेर चिकित्सकहरूको भविश्यमाथि खेलबाड भइरहेको चिकित्सकहरूले आरोप लगाएका छन्।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
