नेपाल हेल्थ न्युज, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको शव परिवारलाई जिम्मा लगाएको छ।
सविनको शवको आजै पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको पुष्टि भएको छ। प्रहरी स्रोतका अनुसार गोली दायाँ हातको कुहिनो नजिकको भागबाट प्रवेश गरी कोख हुँदै ढाडबाट निस्किएको पाइएको छ।
१५ चैतमा राजावादीहरूले आयोजना गरेको आन्दोलनका क्रममा गोली लागेर सविनको मृत्यु भएको थियो। पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
