कुनै पनि दम्पतीले पोर्नोग्राफीलाई कसरी प्रयोग गरेका छन् भन्ने कुराले महत्व राख्छ । जस्तैः कुनै कुनै दम्पतीले आफ्नो दाम्पत्य जीवनलाई रमाइलो बनाउन एक दुईपटक पोर्नोग्राफी हेरेमा त्यसले क्षति हुँदैन । तर, त्यसलाई हरेक पटक प्रयोगमा ल्याइएको छ र पोर्नोग्राफी विना दम्पतीको यौन जीवन राम्रो हुँदैन भन्ने सोच राखेमा समस्या निम्त्याउन सक्छ । दाम्पत्य जीवन सुखमय बनाउन पोर्नोग्राफीलाई माध्यम बनाइनु राम्रो होइन । पोर्नोग्राफी विना यौन जीवन राम्रो हुँदैन भन्ने कुरा दम्पतीहरूले सोचेमा रमाइलो हुँदैन ।
कुनै पनि कुराको धेरै प्रयोगले समस्या निम्ताउँछ । यो कुरा पोर्नोग्राफी धेरै हेर्ने दम्पतीमा पनि लागु हुन्छ ।
पोर्नोग्राफी धेरै हेर्न थालियो भने एक विन्दुमा आएर आफ्नै पार्टनर पनि बोरिङ लाग्न थाल्छ । यसकारण पोर्नोग्राफीलाई बढी प्रयोगमा ल्याउँदा दम्पतीहरूको यौन जीवन नै विथोलिन सक्छ ।
कहिले–काँही दम्पतीमा एक जनालाई स्वीकार्यता हुन्छ र अर्कोलाई मन नपर्न सक्छ । यस्तो अवस्थामा दम्पतीहरू बीचमा मनपर्छ कि पर्दैन भनेर कुरा हुन जरुरी छ । कतिपय दम्पतीले पोर्नोग्राफीमा देखाइएका माध्यमहरू नक्कल गर्न खोज्छन् । फिल्ममा देखाइएका दृश्यहरू धेरै पटक रि—टेक गरेर बनाइएको हुन्छ । यसकारण पोर्नोग्राफीमा देखाइएका माध्यमलाई वास्तविक जीवनमा नक्कल गर्न सम्भव हुँदैन । पोर्नोग्राफी लगातार र एक्लै हेर्नु पनि राम्रो होइन ।
कपाल झर्छ भनेर तनाव नलिनुस्, समाधान छ - डा. एलिना कार्की
बुधबार, जेठ २१, २०८२
क्यान्सरः छिटो चिने बचाउने, ढिला बुझ्दा गुमाउने
शुक्रबार, जेठ १६, २०८२
यी हुन् मुटुरोग लाग्ने ९ वटा प्रमुख कारण
बिहीबार, चैत २८, २०८१
पेट सम्बन्धि समस्या के के छन् ?
बिहीबार, चैत २८, २०८१
