नेपाल हेल्थ न्युुज, काठमाडौँ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ।
त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागले पत्रकार रजकको मृत्यु जलेर भएको पुष्टि गरेको हो ।
रजकको शरीरमा गोली लागेको कुनै प्रमाण नभेटिएको र मृत्युको कारण जलेर भएको फरेन्सिक विभागको निष्कर्ष छ । पोस्टमार्टम रिपोर्टले आगलागी हुँदा रजक जीवित रहेको र श्वासप्रश्वास नलीमा धुँवाको मुस्लो पाइएको देखाएको छ।
रजकको शरीरमा गोली लागेको हल्लाका कारण एक्स–रे गर्न ढिलाइ भएको थियो। एक्स–रे रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको थियो। अहिले रजकको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
