नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल फार्मेसी काउन्सिलले परिषदमा दर्ता भएका फर्मासिष्टहरुको स्नातकोत्तर विशेषज्ञता अद्यावधिक गर्न आग्रह गरेको छ।
काउन्सिलले जारी गरेको सूचनामा स्वास्थ्य मन्त्रालयको अनुरोध अनुसार फर्मासिष्टहरुको विशेषज्ञता विवरण सङ्कलन गर्नुपर्ने उल्लेख छ।
यसका लागि दर्ता भएका फर्मासिष्टहरुले www.nepalpharmacycouncil.org.np मा गएर Update Specialization विकल्प चयन गरी आवश्यक आवेदन फारम भर्नुपर्नेछ।
विशेषज्ञता अद्यावधिक गर्न तीन महिना समय दिइएको छ। निर्धारित समयसीमा पूरा नहुने अवस्थामा, परिषदले सम्बन्धित विशेषज्ञतालाई प्रमाणित गर्न असमर्थ हुने स्पष्ट पारेको छ।
यस्तो छ काउन्सिलको सूचना
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस परिषदमा दर्ता भएको फर्मासिष्टहरुको विशेषज्ञता (स्नाकोत्तर) सहितको विवरण माग गरेको एबम नेपाल फार्मेसी परिषद्को नियमावली, २०५९ को परिच्छेद ७ को ७.४ बमोजिम यस परिषदमा दर्ता भएका फर्मासिष्टहरुले विशेषज्ञता (स्नाकोत्तर) को प्रमाण- पत्र सहितको कागजात सहितको विवरण परिषद्को वेबसाइट www.nepalpharmacycouncil.org.np गइ Update Specialization बिकल्प छानी आवेदन फारम सहितको विवरण यो सूचनाको प्रकाशित भएको मितिले तिन (३) महिना भित्र विवरण अध्यावधिक गर्न यो सूचना प्रकाशन गरिएको छ । विशेषज्ञता (स्नाकोत्तर) विवरण अध्यावधिक नगर्ने फर्मासिष्टहरुको हकमा परिषदले त्यस्तो विशेषज्ञतालाइ प्रमाणित गर्न बाध्य नहुने व्यहोरा सम्बन्धित सवैमा जानकारीको लागि अनुरोध छ ।
नोट : २०८१ फाल्गुण मसान्त सम्म स्नाकोत्तर गरेको हकमा यो सूचना लागु हुनेछ ।
सरकारमा थपिए दुई मन्त्री, गौरी र रामजी मन्त्री बन्दै
शुक्रबार, चैत २७, २०८२
स्वास्थ्य व्यवसायी परिषद अध्यक्षको कार्यकक्षमा डेन्टल हाइजेनिस्टद्वारा तालाबन्दी
शुक्रबार, चैत २७, २०८२
मेडिकल कलेजहरुलाई तीन साता भित्र विद्यार्थी भर्ना वापतको रकम बुझाउन निर्देशन
शुक्रबार, चैत २७, २०८२
नर्स जीता बरालको लाइसेन्स पुनः बहाल, लामो संघर्षपछि न्याय
शुक्रबार, चैत २७, २०८२
