नेपाल हेल्थ न्युज, । कालिकोट जिल्ला अस्पतालमा शल्यक्रियाका लागि आवश्यक उपकरणको अभावले गर्दा दर्जनौं बिरामीहरूलाई अन्यत्र रेफर गर्न बाध्य भएको छ। अस्पतालमा कार्यरत प्रमुख रेडियोलोजिस्ट डाक्टर भीष्म पोख्रेलका अनुसार, गत केही महिनामा मात्र ५५ जना बिरामीलाई शल्यक्रिया सम्भव नभएकै कारण अस्पतालले अन्यत्र पठाउनुपरेको छ। तीमध्ये २१ जना महिला र २९ जना पुरुष रहेका छन्।
चार दशक अघि स्थापना भएको कालीकोटको जिल्ला अस्पताल भौतिक संरचना पहिलाको भन्दा राम्रो भएको छ । नयाँ भवन, सुविधा सम्पन्न ओपिडी कक्ष देखि अप्रेसन थीएटर पनि अस्पतालमा छन् तर उपकरण भने जहिल्यै अभाव हुने गरेको छ । अस्पतालले दरबन्दी अनुसारका कर्मचारी त पाएका छैनन् तर उपकरण अभावले जोखिम मोलेर चिकित्सकले बिरामीको उपचार र शल्यक्रिया समेत गर्नु पर्ने बाध्यता हट्न सकेको छैन ।
स्थानीय तहका जनप्रतिनिधिहरूले पनि अस्पतालको अवस्थालाई गम्भीर रुपमा नलिएको डाक्टरको गुनासो छ । दुर्गम जिल्लामा सेवा दिन आएका डाक्टरहरू नै असहज र निराश हुने अवस्थामा छन्। जनशक्ति पुगेर पनि प्रविधि र स्रोत नहुँदा सेवा दिनु कठोर चुनौती बनेको छ ।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
