नेपाल हेल्थ न्युज, काठमाडौँ । औषधि व्यवस्था विभागले सामाजिक सञ्जालमार्फत अप्रमाणित औषधिहरूको प्रचारप्रसार नगर्न विक्रेताहरूलाई चेतावनी दिएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै फेसबुक, टिकटक लगायतका प्लेटफर्महरूमा मधुमेह, मोटोपन, प्रोस्टेट, थाइराइड, युरिक एसिड, क्यान्सर तथा यौनशक्ति बढाउने औषधिहरूको भ्रामक विज्ञापन हुँदै अनियन्त्रित बिक्री भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागले यस्ता औषधिहरू ऐन २०३५ विपरीत रहेका कारण प्रचार, बिक्री तथा प्रयोग नगर्न सचेत गराएको छ।
विभागका अनुसार वैज्ञानिक प्रमाण बिना प्रचार गरिएका औषधिहरूको प्रयोगले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। उदाहरणका लागि Garcinia Cambogia को प्रयोगबाट Lead Poisoning, Severe Abdominal Pain, Constipation जस्ता सामान्य देखि गम्भीर किसिमका असर प्रतिअसरहरू बिरामीमा देखिने गरेको पाइएको छ।
यौनशक्ति बढाउने दाबी सहित बजारमा ल्याइएका कतिपय उत्पादनहरुमा यौन दुर्बलता हटाउन प्रयोग हुने औषधि सिल्डेनाफिलको समिश्रण रहेको भेटिएका छन्।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
