नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह ९पिजी०को म्याचिङ तथा भर्ना कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको छ।
सर्वोच्च अदालतले खुला समूहको अनलाइन म्याचिङ प्रणालीलाई रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि आयोगले यो निर्णय गरेको हो।
पिजी अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण चिकित्सकहरूले निजी मेडिकल कलेजहरूका लागि छुट्याइएको सिट कटौतीको विरोधमा सर्वोच्चमा रिट दायर गरेका थिए। यस मुद्दाका सम्बन्धमा बिहीबार भएको सुनुवाइपछि अदालतले आयोगलाई कारण देखाउ आदेश जारी गर्दै भर्ना प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि २६ चैतमा उपस्थित हुन आह्वान गरेको छ। अदालतको आदेशसँगै आयोगले १४ चैतमा प्रकाशित सूचना अनुसारका सबै कार्यक्रम स्थगित गरेको जनाएको छ।
परीक्षार्थीहरू म्याचिङ तथा भर्ना प्रक्रियामा आएको सिट कटौतीको विरोधमा आन्दोलित छन्, जसका कारण चिकित्सा शिक्षा क्षेत्र विवादमा तानिएको छ।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
