नेपाल हेल्थ न्यूज, जुम्ला । पछिल्लो समय जुम्ला जिल्लामा परिवार नियोजन सेवाप्रतिको जनचेतना उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका अनुसार, पुरुष तथा महिलाहरू स्थायी र अस्थायी परिवार नियोजन सेवातर्फ आकर्षित हुँदै गएका छन्। कार्यालयले चालु वर्षमा १०० जना पुरुषको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेकोमा, हालसम्म ९३ जनाले सेवा लिइसकेका छन्। सेवा प्रभावकारी बनाउन विभिन्न स्थानीय तहमा परिवार नियोजन शिविरहरू पनि सञ्चालन गरिएको छ।
सुनौलो परिवार नेपाल, केन्द्रीय कार्यालय काठमाडौँको प्राविधिक सहयोगमा जुम्लाका विभिन्न गाउँपालिकामा सञ्चालन गरिएका शिविरहरूले उल्लेखनीय परिणाम दिएका छन्। नराकोट स्वास्थ्य चौकी सिञ्जा गाउँपालिका २६ जना पुरुष, कुडारी स्वास्थ्य चौकी तिला गाउँपालिका १७ जना पुरुष, डिल्लीचौर स्वास्थ्य चौकी पातारासी गाउँपालिका १५ पुरुष, १५ महिला, हाटसिँजा स्वास्थ्य चौकी कनकासुन्दरी गाउँपालिका १३ पुरुष, १ महिला, आधारभूत स्वास्थ्य केन्द्र, गुठीचौर १० पुरुष, ४ महिला, तातोपानी गाउँपालिका ताम्तीलामा बजार ८ पुरुष, २६ महिला बड्की स्वास्थ्य चौकी, हिमा ४ जना पुरुष रहेका छन् ।
शिविरहरू चैत ७ देखि १९ गतेसम्म सञ्चालन गरिएका थिए, जसमा दक्ष स्वास्थ्यकर्मीहरूमार्फत पुरुषहरूका लागि स्थायी बन्ध्याकरण र महिलाहरूका लागि इम्प्लान्ट सेवा प्रदान गरिएको थियो। चन्दननाथ नगरपालिकामा भने नियमित रूपमा स्थायी बन्ध्याकरण सेवा उपलब्ध छ। स्थानीय स्वास्थ्य संस्था र जनस्वास्थ्य सेवा कार्यालयको सहकार्यमा यी सेवाहरू सहज रूपमा जनतासम्म पुर्याइएको जनाइएको छ। जुम्लामा परिवार नियोजन सेवाप्रतिको यो बढ्दो सहभागिता स्वास्थ्यप्रति जनचेतना र सामाजिक उत्तरदायित्वमा आएको सकारात्मक परिवर्तनको संकेत हो।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
