नेपाल हेल्थ न्युज,। भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ मझौलेका स्थानीयवासीको स्वास्थ्य सेवामा सुधार आएको छ। अब, उनीहरूले गाउँमै आधारभूत सामुदायिक स्वास्थ्य सेवा प्राप्त गर्न सकिरहेका छन्, जसले उनीहरूको घण्टौँ लामो पैदलयात्रा र अन्य स्थानमा जाने बाध्यता अन्त्य गरेको छ। यसअघि, सामन्य स्वास्थ्य सेवा लिनका लागि उनीहरूलाई तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो।
गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले यस सुधारको महत्वपूर्ण भूमिका निभाउनुभएको छ। उहाँका अनुसार, तत्कालीन खावा गाउँ विकास समितिका ७, ८, र ९ वडाका नागरिकलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवा सुरू गरिएको हो। उपाध्यक्ष राईले बताउनुभयो, जनप्रतिनिधि बन्ने क्रममा गरेको वाचा अनुसार हामीले यो स्वास्थ्य इकाई स्थापना गरेका छौँ, जसले यहाँका नागरिकलाई सहज सेवा प्रदान गरेको छ।
सामान्य रुघाखोकी र स्वास्थ्य समस्याहरूको उपचारका लागि घण्टौँ यात्रा गर्नुपर्ने समस्याबाट मुक्त भएका टेम्केमैयुङ ५ का रमेश विष्ट र देवबहादुर विष्टले नयाँ स्वास्थ्य केन्द्रको महत्त्वपूर्ण योगदानको सराहना गरेका छन्। उनीहरूले भने अब हामी गाउँमै स्वास्थ्य सेवा प्राप्त गर्न सकिरहेका छौँ, जुन हाम्रो पुरानो समस्या थियो । गाउँमै स्वास्थ्य सेवा उपलब्ध भएपछि, स्थानीयवासीहरूलाई अब नजिकैको स्वास्थ्य केन्द्रमा नियमित स्वास्थ्य जाँच र उपचारका लागि सहजता मिलेको छ।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
