नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर देशभरका आठ संघीय अस्पतालमा १५ नयाँ सेवा सुरु तथा विस्तार गर्ने कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
मन्त्रालयका अनुसार, वीर अस्पतालले ९ शय्याको नयाँ सर्जिकल आइसियु सेवा सुरु गर्दैछ। भरतपुर अस्पतालमा क्याथ ल्याब, जलन वार्ड, इनफर्टिलिटी क्लिनिकजस्ता सेवा थपिँदैछ। भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक वार्ड र पिआइसीयु सुरु हुनेछ भने भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने छ।
त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आपतकालीन वार्डमा २० ओटा शय्या थपिनेछ। नारायणी अस्पताल वीरगन्जमा क्याथ ल्याब, तनहुँको श्वासप्रश्वास केन्द्रमा हेमोडायलासिस सेवा, र गेटा अस्पताल धनगढीमा मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट सञ्चालनमा आउने छन्।
स्वास्थ्य सचिव डा. विकास देवकोटाको समन्वयमा सेवा विस्तार भइरहेका छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चालु आर्थिक वर्षमै थप अस्पतालमा पनि सेवा विस्तार गरिने जानकारी दिनुभएको छ ।
इन्द्रजात्राको सार्वजनिक बिदामा पनि त्रिवि शिक्षण अस्पतालका सेवा सञ्चालन हुने
बिहीबार, असोज ८, २०८३
तारेको खानेकुरा छाड्दा स्वास्थ्यमा हुने ६ फाइदा
बिहीबार, असोज ८, २०८३
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई कलेज छाड्न निर्देशन
बिहीबार, असोज ८, २०८३
परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ
बिहीबार, असोज ८, २०८३
