नेपाल हेल्थ न्युज, काठमाडौं । आवासीय चिकित्सकहरूले आफूहरूलाई निरन्तर बेवास्ता गरिएको भन्दै आजदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन्।
नेपाल चिकित्सक संघले समेत विज्ञप्ति निकालेर चिकित्सकहरूलाई अत्यावश्यक सेवा जस्तै आकस्मिक र सघन उपचारबाहेक अन्य सबै स्वास्थ्य सेवा बहिष्कार गर्न अपील गरेको छ।
चिकित्सकहरूका अनुसार उनीहरूले अझैसम्म पनि निर्वाह भत्ता नपाएको र आन्दोलनको क्रममा विभिन्न स्थानबाट धम्की समेत आइरहेकोले आफ्नो अधिकारका लागि सडकमा उत्रिनु परेको हो।
काठमाडौं उपत्यकाका चिकित्सकहरू आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई स्वास्थ्य मन्त्रालयतर्फ प्रदर्शन गर्दै जाने तयारीमा छन्। उपत्यका बाहिर रहेका चिकित्सकहरूलाई भने आफ्ना जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिन संघले निर्देशन दिएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
