नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन नगरे निजी मेडिकल कलेजहरूको सम्बन्धन खारेज गरिने चेतावनी दिनुभएको छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक संघका प्रतिनिधिसँग भएको छलफलमा मन्त्री पौडेलले आयोगको निर्णयलाई व्यवहारमा उतार्न ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले केही मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई धम्की दिएको गुनासो आएको भन्दै यस्ता गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो ।
“आयोगको निर्णय नमानी सुखै छैन,” मन्त्री पौडेलले भन्नुभयो, “यदि कार्यान्वयन नगर्ने हो भने सम्बन्धन खारेज गर्नेसम्म पुग्छौं।”
दुई हप्ता अघि आयोगले गरेको निर्णय अझै कार्यान्वयनमा नआएको भन्दै आवासीय चिकित्सकहरू आन्दोलनमा छन्। उनीहरूले निर्णय तत्काल लागू गर्न माग गर्दै विभिन्न स्वास्थ्य संस्थामा दबाब सिर्जना गरिरहेका छन्।
नेपाल चिकित्सक संघले पनि चिकित्सकहरूको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै आएको छ। मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ। तर निजी मेडिकल कलजेहरुले भने चिकित्सक शिक्षा आयोगको १६ औं वैठकले गरेको निर्णय अक्षरत पालना गर्ने र सो बैठकले भनेबमोजिम पिजीका आवासीय विद्यार्थीहरुलाई ४८ हजार ७ सय ३७ रुपिया मासिक भत्ता दिने जनाएका छन् । तर चिकित्सकहरु आठौं सोसरहको भन्दै आन्दोलन गरिरहेका छन् ।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
