नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले मंगलबार २३औँ स्थापना दिवस विभिन्न कार्यक्रममार्फत मनाएको छ। सो अवसरमा वीर अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले पछिल्लो एक वर्षमा अस्पतालको बहिरङ्ग विभागबाट ६ लाख ३५ हजारभन्दा बढीले सेवा लिएको जानकारी दिनुभयो। आकस्मिक सेवा लिनेको संख्या ३६ हजार नाघेको छ भने करिब २१ हजार बिरामी भर्ना भएर उपचार लिएको अस्पतालको तथ्यांक छ।
वीर अस्पतालबाट एक वर्षमा २२ हजारभन्दा बढी शल्यक्रिया गरिएका छन्, जसमा पाँच हजार ठूला सर्जरी रहेको निर्देशक शर्माले बताउनुभयो । यसै अवधिमा करिब ८६ हजार एक्सरे, १८ हजार सिटी स्क्यान, ८ हजारभन्दा बढी एमआरआई तथा ६३ हजारभन्दा बढी अल्ट्रासाउन्ड परीक्षणहरू सम्पन्न गरिएका छन्। हाल अस्पतालमा ७२ आइसियू र ३८ एचडियू बेडसहित ९६६ शय्या छन्।
न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतका अनुसार संस्थाले हालसम्म एमडी/एमएस, तथा नर्सिङतर्फ गरी करिब ३६ सय विशेषज्ञ जनशक्ति उत्पादन गरिसकेको छ। वार्षिक छात्रवृत्तिमा एमडीरएमएस अध्ययन गर्ने ४ सय विद्यार्थीमध्ये सबैभन्दा धेरै न्याम्समा पढ्ने गरेका छन्।
हाल न्याम्ससँग २४ अस्पतालसँगको सहकार्यमा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ भने १० विषयमा डीएम र ६ विषयमा एमसीएच कार्यक्रम उपलब्ध छन्। यसै वर्ष स्नातकोत्तर तहका सिट संख्या १०७ बाट बढेर २४४ पुगेको छ। न्याम्सले वीर, कान्ति, परोपकार, गंगालाल, पाटन, त्रिपुरेश्वर आँखा अस्पताललगायतका प्रमुख अस्पतालहरूसँग मिलेर शैक्षिक र सेवामूलक कार्यक्रमहरू अगाडि बढाइरहेको छ।
१९ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख १८, २०८३
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष पौडेलले दिए राजीनामा
शुक्रबार, वैशाख १८, २०८३
भृकुटीमण्डपमा सुरु भयो ‘नेपाल मेडिकल सो तथा ल्याब एक्स्पो–२०२६’
बिहीबार, वैशाख १७, २०८३
उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
बिहीबार, वैशाख १७, २०८३

