नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। अर्थ मन्त्रालयले तयारी गरेको नयाँ बजेट प्रस्तावमा उक्त कार्यक्रममा १० अर्ब रुपैयाँ छुट्याउने तयारी गरेको छ।
स्वास्थ्य मन्त्रालयलाई चालु वर्षका लागि कुल ९६ अर्ब रुपैयाँको बजेट सिफारिस गरिएको छ। सुरुवातमा यो मन्त्रालयलाई ८३ अर्बको सिलिङ तोकिएको भए पनि बजेट अपर्याप्त ठहरिँदा १३ अर्ब थप गरी ९६ अर्ब पुर्याइएको हो। अघिल्लो वर्ष मन्त्रालयलाई ८६ अर्ब विनियोजन गरिएको थियो।
यसपटकको बजेटमा संघीय राजधानीमा विशिष्ट उपचार सेवा विस्तार, प्रदेशस्तरीय अस्पतालहरूमा पूर्वाधार विकास, सातै प्रदेशमा क्यान्सर तथा जलन उपचार सेवा व्यवस्थित गर्ने योजना समावेश गरिएको छ। साथै, अंग प्रत्यारोपण सेवा क्षेत्रीय अस्पतालसम्म विस्तार गर्ने लक्ष्य समेत राखिएको छ।
मधेश प्रदेशमा किड्नी उपचार केन्द्र स्थापनादेखि लिएर न्यूरो अस्पताल निर्माणसम्मका परियोजनाहरू पनि प्रस्तावित छन्।
स्वास्थ्य बीमा प्रणाली सुधार गर्ने, बक्यौता शून्यमा ल्याउने, नागरिकलाई स्वस्थ राख्न राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने, नसर्ने रोगको पहिचान तथा रोकथाममा विशेष कार्यक्रम ल्याउने र घर–घरमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने योजना समेत बजेटमा छ।
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३
