नेपाल हेल्थ न्युज, काठमाडौं । क्यान्सरका शङ्कास्पद लक्षणहरू देखापर्दा सबैभन्दा पहिला चिताउने कुरा के हो भने क्यान्सरको वास्तविकता कस्तो छ र कस्तो प्रकारको उपचार उपयुक्त होला ? यही कुरा पत्ता लगाउन अंकोप्याथोलोजी एक अत्यन्तै महत्वपूर्ण शाखा हो जसले क्यान्सर र त्यससँग सम्बन्धित रोगहरूको गहिरो अध्ययन गर्छ ।
अंकोप्याथोलोजी क्यान्सरका कोष, तिनका संरचनात्मक र कार्यात्मक परिवर्तनहरूको अध्ययन गर्ने चिकित्सा विज्ञानको शाखा हो । यसको मुख्य उद्देश्य क्यान्सरको प्रकार पहिचान गर्दै उपचारमा सहजीकरण गर्नु हो । यस शाखाले क्यान्सरको निदान, यसको फैलावटको अवस्था (स्टेज) र उपचारको प्रभावकारिता मूल्यांकनमा महत्वपूर्ण भूमिका खेल्दछ ।
अंकोप्याथोलोजीका विधा
अंकोप्याथोलोजी क्यान्सरका कोशिका र तिनको गुणात्मक अध्ययनमा आधारित हुन्छख। यसमा विभिन्न वैज्ञानिक विधिहरू प्रयोग गरिन्छ जसमा प्रमुख विधाहरू यस प्रकार छन् ।
सूक्ष्मदर्शन यन्त्र (माइक्रोस्कोप)
क्यान्सरको निदानमा सूक्ष्मदर्शनको अत्यन्त महत्वपूर्ण भूमिका छ । यसमा, बिरामीका कोशिकाका नमूनाहरूलाई सूक्ष्मदर्शक यन्त्रमार्फत विश्लेषण गरिन्छ । विशेषगरेर हिस्टोप्याथोलोजी अध्ययनमा यसको प्रयोग गरिन्छ जसले कोशिकाको संरचनामा भएका परिवर्तनहरूको जानकारी दिन्छ ।
मोलिक्युलर प्याथोलोजी
क्यान्सरका कोशिकाहरूमा भएका जीन म्यूटेसन र आनुवंशिक रसायनका विश्लेषणबाट यो विधि क्यान्सरको उत्पत्ति र प्रगति बुझ्न मद्दत गर्छ ।
इम्यूनोहिस्टोकैमिस्ट्री
यस विधिमा कोशिका र टिस्युमा विशिष्ट प्रोटिन र एन्जाइमको उपस्थिति वा अभाव पहिचान गरिन्छ । क्यान्सर कोशिकामा भएका विशेष प्रोटिनका अध्ययनबाट क्यान्सरका प्रकारका बारेमा जानकारी प्राप्त हुन्छ ।
साइटोलोजी
यो कोशिकास्तरमा अध्ययन गर्ने विधि हो जसमा बायोप्सी या द्रव्य नमूनाहरूको विश्लेषण गरिन्छ । यसले क्यान्सरको प्रारम्भिक चरण पहिचान गर्न मद्दत पु¥याउँछ ।
इमेजिङ प्रविधि
अल्ट्रासोनोग्राफी, सिटी स्क्यान, एमआरआई, र पेट स्क्यान जस्ता आधुनिक इमेजिङ विधिहरूले क्यान्सरको आकार, स्थान र फैलावट विश्लेषणमा मद्दत पु¥याउँछन् ।
अंकोप्याथोलोजिस्टको भूमिका
अंकोप्याथोलोजिस्टले क्यान्सरको सही निदान र उपचारको लागि अनिवार्य भूमिका खेल्दछन् । यिनका कामहरू यस प्रकार छन् ।
नमूना संकलन र परीक्षण
क्यान्सरको निदानका लागि बायोप्सी मार्फत कोशिका नमूना संकलन गरी त्यसको विश्लेषण गरिन्छ । यसले क्यान्सरको प्रकार र स्टेज निर्धारण गर्न मद्दत गर्छ ।
हिस्टोलोजिकल अध्ययन
सूक्ष्मदर्शक यन्त्र प्रयोग गरेर कोशिका र टिस्युको संरचनामा भएका परिवर्तनहरूको अध्ययन गर्दा क्यान्सरको प्रकार र यसको प्रकोप स्तर पत्ता लाग्छ ।
मोलिक्युलर परीक्षण
क्यान्सरका जीन म्युटेसन र अन्य आनुवंशिक परिवर्तनको विश्लेषण गर्नाले क्यान्सरको उत्पत्ति र प्रगतिको बारेमा जानकारी प्राप्त हुन्छ ।
क्यान्सर स्टेजिङ
क्यान्सरको स्टेज निर्धारण गरेर चिकित्सकले उपचारका लागि उपयुक्त रणनीति तय गर्न सक्छन् ।
उपचार प्रभावकारिता मूल्यांकन
उपचारपछि अंकोप्याथोलोजिस्टले क्यान्सर कोशिकामा भएका परिवर्तनहरूको विश्लेषण गरेर उपचारको प्रभावकारिता मूल्यांकन गर्छन् ।
निष्कर्ष
अंकोप्याथोलोजी क्यान्सरको निदान र उपचारको आधारशिला हो । क्यान्सरको सही समयमै निदान र उपयुक्त उपचारको रणनीति बनाइँदा क्यान्सरको उपचारमा सफलता हाँसिल गर्न सम्भव हुन्छ । यसका लागि अंकोप्याथोलोजिस्टको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ जसले जीवनको रक्षा गर्न नयाँ संभावना सिर्जना गर्छ । क्यान्सरको सही निदान र समयमै सही उपचारले बिरामीको जीवनस्तरमा सुधार ल्याउने छ ।
मेडिकल प्रयोगशाला व्यवस्थापन प्रणाली ‘निदान्यो’ स्वदेशी सफ्टवेयर सार्वजनिक
शनिबार, असोज ३, २०८३
डा. सुजन शर्मा स्पेनको बहुराष्ट्रिय कम्पनी बायोसिस्टम्स एस.ए. का प्राविधिक सल्लाहकार नियुक्त
बिहीबार, साउन १४, २०८३
ल्याव टेष्ट गर्दा सावधान ! यी तरिकाबाट तपाईं ठगिन सक्नुहुन्छ
शनिबार, चैत ३०, २०८१
प्याथोलोजी सेवाको विस्तार खै ?
शुक्रबार, चैत १५, २०८१
