नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ प्याथोलोजिस्ट डा. सुजन शर्मा स्पेनको बार्सिलोनास्थित बहुराष्ट्रिय प्रयोगशाला प्रविधि कम्पनी बायोसिस्टम्स एस.ए.का प्राविधिक सल्लाहकारमा नियुक्त हुनुभएको छ ।
सन् १९८१ मा स्थापना भएको बायोसिस्टम्स एस.ए. प्रयोगशाला निदान तथा चिकित्सा प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा परिचित कम्पनी हो । डा. शर्माले नेपाल हेल्थ न्युजलाई भन्नुभयो—‘यो कुरा मौखिक रुपमा जानकारी गराइसकेको र कम्पनिका सिइओले चाँडै हस्ताक्षर गरेर लेटर पठाउँदैछ ।’
डा. शर्माले विगत १६ वर्षदेखि प्याथोलोजी क्षेत्रमा निरन्तर सक्रिय रहँदै प्रयोगशाला चिकित्सा तथा रोग निदान सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ । उहाँ प्रयोगशाला परीक्षणको गुणस्तर अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा स्वास्थ्य सेवाको प्रभावकारी विस्तारमा सक्रिय रूपमा संलग्न रहँदै आउनुभएको छ ।
उहाँ एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपालका पूर्व महासचिव हुनुका साथै इन्टरनेशनल एकेडेमी अफ प्याथोलोजी (नेपाली डिभिजन) सँग पनि आबद्ध हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय स्तरमा पनि उहाँको योगदानको उच्च मूल्याङ्कन भएको छ । सन् २०१३—२०१४ मा उहाँलाई ब्रिटिश डिभिजन अफ द इन्टरनेशनल एकेडेमी अफ प्याथोलोजी तथा द रोयल कलेज अफ प्याथोलोजिस्ट्स अफ अष्ट्रेलेसियाद्वारा प्रदान गरिने प्रतिष्ठित ट्राभल आउटरिच ग्रान्ट अवार्ड र इन्टरनेशनल अवार्डबाट सम्मानित गरिएको थियो ।
डा. शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित वैज्ञानिक जर्नलहरूमा विभिन्न अनुसन्धानमूलक लेख तथा शोधपत्र प्रकाशित गर्नुभएको छ । उहाँको अनुसन्धान तथा प्रयोगशाला चिकित्सामा आधारित कार्यले नेपालमा रोग निदान सेवाको गुणस्तर सुधार गर्न उल्लेखनीय योगदान पुर्याएको मानिन्छ ।
स्पेनको बायोसिस्टम्स एस.ए.मा प्राविधिक सल्लाहकारका रूपमा भएको उहाँको नियुक्तिलाई नेपाली प्रयोगशाला चिकित्सा तथा प्याथोलोजी क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
अंकोप्याथोलोजीः क्यान्सरको सही निदान र उपचारका लागि एक महत्वपूर्ण कडी
बुधबार, जेठ २८, २०८२
ल्याव टेष्ट गर्दा सावधान ! यी तरिकाबाट तपाईं ठगिन सक्नुहुन्छ
शनिबार, चैत ३०, २०८१
प्याथोलोजी सेवाको विस्तार खै ?
शुक्रबार, चैत १५, २०८१
प्याथोलोजी सेवाः समय, उच्च गुणस्तरीय रिपोर्ट र विश्वसनीयता
शुक्रबार, चैत १५, २०८१
