नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय अन्तर्गतका परियोजनाहरूमा अपेक्षित पुँजीगत खर्च नबढेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले योजनाबद्ध ढंगले देखिने सुधार ल्याउन पुँजीगत खर्चको प्रभावकारी उपयोग अपरिहार्य रहेको बताउनुभयो।
“अहिलेसम्म पुँजीगत खर्च सोचेजस्तो हुन सकेको छैन, जुन गम्भीर प्रश्न हो,” मन्त्री पौडेलले स्पष्ट रूपमा भयो, “हामी नागरिकले महसुस गर्न सक्ने खालको परिवर्तनका लागि प्रतिबद्ध छौं र त्यो दिशामा हुटहुटिका साथ काम गरिरहेका छौं।”
मन्त्री पौडेलले सेवा सुधारमार्फत अस्पतालहरूमा गुणस्तरीय परिवर्तन ल्याउने लक्ष्य रहेको उल्लेख गर्दै यसका लागि पूर्वाधार र जनशक्ति मात्र नभई नीतिगत सुधार पनि आवश्यक रहेको बताउनुभयो। अस्पताल नसुधारीकन पूर्वाधार थपेर मात्र पुग्दैन। सुधारका लागि आवश्यक नीति बनाउन हामी तयार छौं, उहाँले स्पष्ट पार्नुभयो।
बैठकमा उहाँले कर्मचारीहरूलाई पुँजीगत खर्च बढाउन सक्ने गरी कार्यसम्पादनमा सक्रिय हुन आग्रह गर्दै भन्नुभयो, “बजेट जुटाउन मैले धेरै मेहनत गरेको छु, अब खर्च गर्न पनि हामी सबैले गम्भीरता देखाउनु आवश्यक छ।”

स्वास्थ्य बीमा प्रणालीमा स्रोतको अभाव रहेको उल्लेख गर्दै मन्त्री पौडेलले सरकारी कर्मचारीहरू र संगठित क्षेत्रलाई अनिवार्यरूपमा स्वास्थ्य बीमामा आबद्ध गराउने नीतिगत बाटो खुलेको जानकारी गराउनुभयो। “यदि सबै कर्मचारी र संगठित क्षेत्र आबद्ध गराउन सकियो भने बीमा कोषमा वार्षिक ४० अर्बसम्म स्रोत जुटाउन सकिनेछ,” उहाँले भन्नुभयो, “यसको प्रभावकारी कार्यान्वयनका लागि तपाईंहरूको सक्रिय साथ आवश्यक छ।”
अन्त्यमा, मन्त्री पौडेलले स्वास्थ्य प्रणालीप्रति नागरिकको विश्वास कायम राख्नका लागि आवश्यक सुधार गर्न मन्त्रालय पूर्णरूपमा तयार रहेको उल्लेख गर्दै कर्मचारीहरूबाट ईमानदारीपूर्वक साथको अपेक्षा राख्नुभयो।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
