नेपाल हेल्थ न्यज, लुम्बिनी । भगवान् बुद्धको जन्मस्थल र युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र स्थल लुम्बिनीमा शुक्रबार ५०० भन्दा बढी योगप्रेमीहरूको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न भयो।
यो विशेष कार्यक्रम काठमाडौंस्थित भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा संघीय युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी र लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीको विशेष उपस्थिति रहेको थियो।
दुवै नेताले पवित्र लुम्बिनीमा यस्तो आध्यात्मिक र स्वास्थ्यप्रद कार्यक्रम आयोजना गरेकामा भारतीय दूतावासलाई धन्यवाद व्यक्त गर्दै भारत–नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउन यस्तो पहलले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ।
भारतीय राजदूत नविन श्रीवास्तवले सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेपछि योगप्रतिको विश्वव्यापी आकर्षण झनै बढेको उल्लेख गर्नुभयो। उहाँले लुम्बिनीलाई शान्ति र सौहार्दताको प्रतीकको रूपमा चिनिँदै आएको स्मरण गर्दै, योगाको शाश्वत मूल्यहरूलाई यस्तै पवित्र स्थलहरूबाट मनाउनुको गहिरो अर्थ रहेको बताउनुभयो।
राजदूत श्रीवास्तवले कार्यक्रम सफल बनाउन सहयोग गर्ने लुम्बिनी विकास कोषलाई विशेष धन्यवाद दिँदै, लुम्बिनीलाई अन्तर्राष्ट्रिय आध्यात्मिक तथा धार्मिक गन्तव्यस्थलको रूपमा प्रवर्द्धन गर्न कोषको प्रयासको प्रशंसा गर्नुभयो।
लुम्बिनीमा आयोजित यो कार्यक्रम नेपालभर भारतीय दूतावासद्वारा ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमध्ये एक हो। दूतावासले आगामी शनिबार पोखरामा पोखरा महानगरपालिकासँगको सहकार्यमा पोखरा रंगशालामा अर्को विशेष योग प्रदर्शन कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।
दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
बुधबार, फागुन २७, २०८२
राष्ट्रसंघद्वारा आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित
बुधबार, फागुन २७, २०८२
स्वास्थ्य बीमा अन्तर्गत औषधि नगदमा किन्न लगाउने स्वास्थ्य संस्थालाई चेतावनी
बुधबार, फागुन २७, २०८२
लक्षण घट्यो भन्दै औषधि नछोड्नुहोस्, बाथरोगमा दीर्घकालीन उपचार आवश्यक— रोशन कक्षपति
बुधबार, फागुन २७, २०८२
