नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद चिकित्सालय नरदेवी र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयका अनुसार मन्त्री प्रदीप पौडेलको मंगलबारको निर्णय अनुसार नरदेवीस्थित आयुर्वेद चिकित्सालयको निर्देशक पदमा डा. बासुदेव जनार्दन उपाध्याय नियुक्त हुनुभएको छ। यसअघि उक्त जिम्मेवारी रामदेव यादवले निमित्त निर्देशकको रूपमा सम्हालिरहनुभएको थियो।
यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरको प्रमुखको रूपमा डा. सन्तोष कुमार ठाकुरलाई जिम्मेवारी दिइएको छ। कीर्तिपुर केन्द्रको नेतृत्व यसअघि डा. राम आधार यादवले गरिरहनुभएको थियो।
नयाँ निर्देशक डा. उपाध्याय विगतमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशकका रूपमा कार्यरत रहनुभएका अनुभवी चिकित्सक हुनुहुन्छ। उहाँ हालै लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको भूमिकाबाट फर्किनुभएको थियो र हाल ११औं तहका चिकित्सकको हैसियतमा कार्यरत हुनुहुन्छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
