नेपाल हेल्थ न्युज, नवलपरासी । (बर्दघाट सुस्ता पूर्व) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमासम्बन्धी बाँकी सबै भुक्तानी भदौ महिनाभित्र सम्पन्न गरिने जानकारी दिनुभएको छ।
हुप्सेकोट गाउँपालिका–४, झ्यालवासमा रहेको देउराली प्राथमिक अस्पतालको उद्घाटन गर्दै मन्त्री पौडेलले दुई किस्तामा बाँडेर रकम भुक्तानी गरिने बताउनुभयो।
उहाँले अस्पतालहरूले बिमाबाट प्राप्त गर्ने रकममध्ये केही हिस्सा स्वास्थ्य सेवाको स्तरोन्नतिमा लगाउनुपर्नेमा जोड दिनुभयो।
“कम्तीमा पनि ३०–४० प्रतिशत रकम सेवा विस्तारमा खर्च गर्न सके धेरै राम्रो हुन्छ,” मन्त्री पौडेलले भन्नुभयो।
सरकारी अस्पतालहरूमा नागरिकको विश्वास बढ्दै गएको भन्दै उहाँले प्राथमिक तहका अस्पतालहरूलाई सुविधा सम्पन्न बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो। “सिमित स्रोत साधनले सबैको उपचार सम्भव नहुने भएकाले स्थानीय तहमा स्तरीय स्वास्थ्य संरचना आवश्यक छ,” उहाँले भन्नुभयो।
साउन १ गतेदेखि देशभरका ४८ अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरिसकेको जानकारी दिँदै, मन्त्री पौडेलले ती अस्पताल स्थानीय सरकारको नेतृत्वमा सञ्चालन हुने र प्रदेश तथा संघ सरकारबाट स्रोतसाधन प्राप्त गर्ने जनाउनुभयो।
उहाँका अनुसार सरकारले जटिल रोगहरूको उपचारमा सहुलियत दिने नीति अवलम्बन गर्दै आएको छ। सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याई कम खर्चमा सेवा दिने सरकारको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो।
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३
