नेभिगेशन

नागरिक अस्पतालमा अत्याधुनिक सिटी स्क्यान सेवा—‘सस्तो, छिटो र सुरक्षित सेवा दिन हामी सक्षम छौं’—अध्यक्ष आर.एस. भण्डारी  

भण्डारी भन्नुहुन्छ— ‘अब यस्तो सेवा लिन राजधानी धाउनुपर्दैन, भक्तपुरमै आधुनिक प्रविधिसहितको सुविधा उपलब्ध’

नेपाल हेल्थ न्युज, गठ्ठाघर, भक्तपुर । पुरातात्विक सम्पदाले भरिएको सहर भक्तपुर अब केवल साँस्कृतिक गन्तव्य मात्र रहेन । यहाँको हेल्थकेयर पूर्वाधार पनि क्रमशः आधुनिक बन्दै गएको छ । यसै सन्दर्भमा भक्तपुरको गठ्ठघरस्थित ह्याम्स हस्पिटलको नेतृत्वमा सञ्चालित नागरिक अस्पतालले आफ्नो नवीनतम अत्याधुनिक सिटी स्यान सेवा सुरु गरेको छ । यसले राजधानी काठमाडौंसम्म धाउनुपर्ने बाध्यता हटाएको छ ।

‘अब हामीसँग आधुनिक सेवा छ’

नागरिक अस्पतालका अध्यक्ष आर.एस. भण्डारी भन्नुहुन्छ— ‘हामीले भक्तपुरमै पहिलो पटक पूर्णतः डिजिटल, मल्टी–स्लाइस सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएका छौं । यो सेवा अत्यन्त सस्तो, सहज, छिटो र सुरक्षित ढंगले प्रदान गरिन्छ ।’

 यो १६ स्लाइस स्पाइरल सिटी स्क्यान मेसिनले न्यून विकिरणमा पनि उच्च गुणस्तरको इमेज प्रदान गर्न सक्ने क्षमता राख्दछ ।

सिटी स्क्यानको लागि अब भक्तपुरवासीले टाढा जानुपर्ने छैन’— भण्डारी भन्नुहुन्छ— ‘हामीले अत्याधुनिक प्रविधि ल्याउनुको मुख्य उद्देश्य आम नागरिकलाई गुणस्तरीय सेवा आफ्नो घर नजिकै उपलब्ध गराउनु हो ।’

‘सस्तोमा गुणस्तरीय सेवा’

नेपालमा धेरै निजी अस्पतालहरूमा सिटी स्क्यान सेवाको शुल्क ५ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्न सक्छ । तर नागरिक अस्पतालले भने सरकारी दर नै अपनाएको छ । भण्डारीका अनुसार सामान्य सिटी स्क्यानको दर १५०० रुपैयाँदेखि सुरु हुन्छ भने जटिल स्क्यानहरूको लागि पनि अन्यत्रको तुलनामा ३०–५० प्रतिशतसम्म कम शुल्कमा सेवा उपलब्ध हुन्छ ।

nagarik-community-hospital-2-1753365401.jpg
‘हामी नाफा भन्दा पनि सेवामूलक संस्थाका रूपमा काम गरिरहेका छौं’—भण्डारी भन्नुहुन्छ—‘स्वास्थ्य पहुँच सबैका लागि हो, धनी वा गरिब भनेर छुट्याउनु हुँदैन ।’

सुरक्षित स्क्यान प्रक्रिया र दक्ष टोली

सिटी स्क्यान गर्दा विकिरणको असर हुने डर धेरै बिरामीहरूमा हुन्छ । तर भण्डारीले यसबारे प्रस्ट पार्दै भन्नुभयो—हाम्रो स्क्यानिङ प्रणालीमा कम डोजको विकिरण प्रणाली छ, जसले रोग पत्ता लगाउने दक्षता बढाउँछ तर शरीरलाई हुने असर न्यूनतम राख्दछ ।’

साथै उहाँले थप्नुभयो—‘हामीसँग प्रशिक्षित रेडियोलोजिस्ट, रेडियोग्राफर र टेक्निकल स्टाफहरू छन् जसले रिपोर्टिङ चाँडै तयार पार्छन् । आकस्मिक केसमा झनै छिटो सेवा प्रदान हुन्छ ।’nagarik-community-hospital1-1753365453.jpg

दैनिक ४० देखि ५० बिरामीले उपयोग गर्ने
हिजोआज नागरिक अस्पतालको सिटी स्क्यान सेवा दैनिक ४०–५० बिरामीले उपयोग गरिरहेका छन् । ‘सबैभन्दा बढी न्युरोलोजी, आर्थोपेडिक, पेटसम्बन्धी समस्या र ट्रमा केसहरू आउँछन्’—भण्डारी भन्नुहुन्छ—‘हामी २४ सै घण्टा सेवा दिइरहेका छौं ।’

साथै अस्पतालले एम्बुलेन्समा स्क्यान सेवा का लागि ल्याउने सुविधा पनि प्रदान गर्छ । बिरामीलाई एकैछिनमा सेवा दिन सकिनेगरी ओपीडीबाट रिफर भइसकेपछि डिजिटल सिस्टममार्फत स्क्यान प्रक्रिया मिलाइन्छ ।

सामुदायिक स्वास्थ्यमा योगदान
भक्तपुर जिल्लामा सरकारी तथा निजी स्तरमा रहेका अस्पतालहरूमा अझै पनि अत्याधुनिक डायग्नोस्टिक उपकरणको अभाव महसुस हुँदै आएको थियो । तर नागरिक अस्पतालको यो पहलकदमीले भक्तपुर तथा आसपासका क्षेत्रमा बसोबास गर्ने हजारौं नागरिकलाई ठूलो राहत मिलेको छ ।

भण्डारी भन्नुहुन्छ—‘हामी स्वास्थ्य क्षेत्रमा टेक्नोलोजिकल क्रान्ति ल्याउने योजनामा छौं । एकातर्फ बिरामीलाई सहज पहुँच दिने र अर्कातर्फ सेवाको गुणस्तर सुधार गर्ने हाम्रो मुख्य लक्ष्य हो ।’

भविष्यका योजना

नागरिक अस्पतालले अब एमआरआई सेवा पनि थप्ने तयारी गरिरहेको छ । साथै टेली रेडियोलोजी र क्लाउड बेस्ड रिपोर्टिङ प्रणाली ल्याउने योजना रहेको भण्डारी बताउनुहुन्छ ।
‘हामी स्वास्थ्य प्रविधिको विकाससँगै अघि बढ्ने हो भने मात्रै समावेशी र सस्तो स्वास्थ्य सेवा सम्भव हुन्छ’— उहाँको अठोट छ ।
अतः भक्तपुरजस्तो ऐतिहासिक सहरमा आधुनिक स्वास्थ्य प्रविधिको विस्तार हुनु आफैंमा उदाहरणीय छ । नागरिक अस्पतालको यो सेवा अब ‘माथि सहर’ मात्रै नभई ‘गाउँघरमै’ गुणस्तरीय स्वास्थ्य सुविधा दिने दिशातर्फको ठोस पाइला हो । स्वास्थ्यमा समावेशीता र प्रविधिको संयोजन—यही हो आधुनिक अस्पतालको चिनारी ।nagarik-community-hospital-4-1753365563.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप टेक्नोलोजी फर हेल्थ