नेभिगेशन
डायग्नोस्टिक सेवा, अब डिजिटल भरोसासहित

नेपालकै पहिलो पूर्ण डिजिटल रेफरेन्स ल्याब नयाँबानेश्वरमा  

पहिलो चरणमा १० करोडको लगानी 

नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालको स्वास्थ्य सेवा क्षेत्रमा नयाँ अध्याय थपिँदै आज काठमाडौँमा देशकै पहिलो पूर्ण डिजिटल रेफरेन्स डायग्नोस्टिक प्रयोगशाला मेट्रोल्याब्सको औपचारिक शुभारम्भ गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट मान्यता प्राप्त मेट्रोल्याब्स बानेश्वरस्थित बी.के. कम्प्लेक्सको चौथो तलामा स्थापना गरिएको हो । नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा मेट्रोल्याब्सका ब्रान्ड एम्बेसडर पारस खड्काले रिबन काटेर प्रयोगशालाको औपचारिक उद्घाटन गर्नुभयो ।

‘माइ हेल्थ नाउ’ एपमार्फत पूर्ण डिजिटल सेवा

मेट्रोल्याब्स आफ्नै स्वामित्वको मोबाइल एप ‘माइ हेल्थ नाउ’ मार्फत सञ्चालित अत्याधुनिक डिजिटल डायग्नोस्टिक इकोसिस्टममा आधारित छ । यस एप प्रयोग गरी सेवाग्राहीले स्वास्थ्य परीक्षण बुक गर्न, स्मार्ट डिजिटल रिपोर्ट प्राप्त गर्न, आजीवन डिजिटल डायग्नोस्टिक अभिलेख सुरक्षित राख्न, परिवारका सबै सदस्यको स्वास्थ्य प्रोफाइल व्यवस्थापन गर्न तथा सुरक्षित अनलाइन भुक्तानी गर्न सक्ने सुविधा प्राप्त गर्न सक्ने मेट्रोल्याव्सका प्रमुख कार्यकारी अधिकृत राजिब रेग्मीले जानकारी दिनुभयो ।

सेवाग्राहीको सहजता र पहुँचलाई मध्यनजर गर्दै मेट्रोल्याब्सले निःशुल्क घरमै नमुना संकलन सेवा पनि उपलब्ध गराउँदै आएको छ । यसले बारम्बार प्रयोगशाला धाउनुपर्ने झन्झट हटाएको छ ।metro-labs2-1770213153.jpeg

नेपालकै पहिलो पूर्ण स्वचालित टिएलए रोबोटिक प्रयोगशाला

मेट्रोल्याब्स रेफरेन्स प्रयोगशाला हो ।

यहाँ पूर्ण रूपमा स्वचालित टोटल ल्याब अटोमेसन (टिएलए) रोबोटिक प्रणाली प्रयोग गरिएको छ ।

यस प्रणालीले उच्च मानकीकरण, शुद्धता र समयमै परीक्षण नतिजा सुनिश्चित गर्ने मेट्रो ल्याव्सका प्रबन्ध निर्देशक शंकर देवकोटा बताउनुहुन्छ ।

प्रयोगशालामा उपलब्ध प्रमुख प्रविधिहरूमा फ्लो साइटोमेट्री र फ्लोरेसेन्स प्रविधियुक्त पूर्ण स्वचालित ९–पार्ट हेमाटोलोजी सिस्टम, रियल–टाइम पिसिआर, मल्टिप्लेक्स पिसिआर तथा आरटी पिसिआर प्लेटफर्म, एफडिए स्वीकृत डिजिटल रक्त तथा शारीरिक द्रव कल्चर प्रणाली (आईडी÷एएसटी र एमआईसीसहित) तथा पार्भोभाइरस बी १९ ( आईजिजी÷आईजिएम) सहितको १२–प्यानल टर्च परीक्षण रहेको माइक्रोल्याव्सकी प्याथोलोजिष्ट डा. सोनाली मिश्रले जानकारी दिनुभयो ।

क्यान्सरदेखि मातृ स्वास्थ्यसम्म उन्नत विशेषज्ञ सेवा

मेट्रोल्याब्सले नियमितदेखि उन्नत प्याथोलोजी सेवासम्मको व्यापक दायरा प्रदान गर्दै आएको छ । यहाँ स्तन क्यान्सर, लिम्फोमा, ल्युकेमिया, कोलोन र प्रोस्टेट क्यान्सरको सटीक निदानका लागि १०० भन्दा बढी मार्करसहितको इम्युनोहिस्टोकेमिस्ट्री (आईएचसी) सेवा उपलब्ध छ ।

यसका साथै डाउन सिन्ड्रोम जोखिम मूल्याङ्कन, अटोइम्युन स्क्रिनिङ, टर्च  परीक्षण तथा डुअल, ट्रिपल र क्वाड्रुपल मार्कर प्यानलसहितको आधुनिक मातृ मार्कर स्क्रिनिङ सेवा पनि सञ्चालनमा रहेको छ । प्ल्यूरल, पेरिटोनियल र ग्यास्ट्रिक द्रव परीक्षणसहित ४१ भन्दा बढी क्लिनिकल प्यारामिटरमा आधारित पूर्ण स्वचालित शारीरिक द्रव विश्लेषण सेवा समेत प्रदान गरिने डा. सोनालीले जानकारी गराउनुभयो ।

निदानको गुणस्तर र रिपोर्टिङको विश्वसनीयता सुनिश्चित गर्न एम्सबाट स्नातक डा. सोनाली मिश्रा मेट्रोल्याब्सकी कन्सल्टेन्ट प्याथोलोजिस्ट तथा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।

सामाजिक उत्तरदायित्वमा प्रतिबद्धता

सामुदायिक स्वास्थ्यप्रतिको उत्तरदायित्व स्वरूप, मेट्रोल्याब्सले उद्घाटनकै दिन नेपाल मानव धर्म सेवा समिति, गौशालामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, आवश्यक रक्त परीक्षण तथा चिकित्सक परामर्श प्रदान गरिएको थियो ।

व्यवस्थापनको धारणा

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेट्रोल्याब्सका प्रबन्ध निर्देशक शंकर देवकोटाले भन्नुभयो—
‘हाम्रो लक्ष्य गुणस्तरीय, सटीक र समयमै उपलब्ध हुने डायग्नोस्टिक सेवा प्रदान गर्नु हो। ‘माइ हेल्थ नाउ’ मार्फत परीक्षण बुकिङदेखि घरमै नमुना संकलन, स्मार्ट डिजिटल रिपोर्ट र आजीवन अभिलेखसम्मको सेवा पूर्ण रूपमा सेवाग्राही–केन्द्रित बनाएका छौँ ।’

उन्नत स्वचालन प्रविधि, पूर्ण डिजिटल इकोसिस्टम र पहुँचमैत्री सेवासहित मेट्रोल्याब्सले नेपालमा डायग्नोस्टिक स्वास्थ्य सेवाको नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरेको छ । परियोजनाको पहिलो चरणमा १० करोड रुपैयाँ लगानी गरिएको छ ।

आगामी दिनमा मेट्रोल्याब्सले नेक्स्ट–जेनेरेसन सिक्वेन्सिङ, क्यारियोटाइपिङ तथा थप उन्नत क्ष्ज्ऋ सेवाहरू विस्तार गर्ने योजना बनाएको छ, जसका लागि दोस्रो चरणमा थप १० करोड रुपैयाँ लगानी गरिने जानकारी दिइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप टेक्नोलोजी फर हेल्थ