नेभिगेशन
रोगको सुरुवातमै रोकथाम—जीवनभरको सुरक्षा

नेपालमा पहिलोपटक ! बाथरोग र टाइप–१ मधुमेहको प्रारम्भिक निदानका लागि आधुनिक किट

बिरामीलाई समयमै उपचार सुरु गर्न मद्दत पुयाउने

नेपाल हेल्थ न्युज, काठमाडौं । नेक्स जेन ल्याब सोलुसनले नेपालमा पहिलोपटक बाथरोग र टाइप–१ मधुमेहको प्रारम्भिक लक्षण पत्ता लगाउन सक्षम डायग्नोष्टिक किट HLA–DR4 भित्र्याएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रबीच सो डायग्नोष्टिक किटको भव्य शुभारम्भ गरिएको छ ।

यस किटले रोग प्रारम्भिक (Early Diagnosis) अवस्थामा नै पत्ता लगाउने र बिरामीलाई समयमै उपचार सुरु गर्न मद्दत पुयाउने वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले जानकारी दिनुभयो । 


युरोपको चेक रिपब्लिकस्थित ‘होला वायोल्याब्स’ सँगको सहकार्यमा विकसित यो किट नेपाललगायत दक्षिण एसियाकै लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ । 


नेपालमा धेरै बिरामी सामान्यतया रोगको गम्भीर अवस्था पुगिसकेपछि मात्र अस्पताल पुग्छन् । यसले शरीरका अंगमा क्षति भइसकेको हुन्छ र उपचार लामो तथा महँगो हुन्छ । यस नयाँ किटले प्रारम्भिक लक्षण पत्ता लगाउँदा बिरामीलाई सहज र प्रभावकारी उपचार प्राप्त गर्न सजिलो वाथरोग विशेषज्ञ डा. सुधिर कर्माचार्यले जानकारी गराउनुभयो । 


नेक्सजेन सोलुसनका अनुसार, भविष्यमा यो टेष्ट देशभरिका अस्पताल र स्वास्थ्य संस्थाहरूमा सहज उपलब्ध गराउने योजना बनाइएको छ । यसको प्रयोगले नेपालमा बाथरोग नियन्त्रण र मधुमेह व्यवस्थापनमा क्रान्तिकारी योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


नेक्सजेन सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेका अनुसार, बाथरोग वा टाइप–१ मधुमेहको शुरुवाती अवस्था नै पत्ता लागेमा उपचार प्रभावकारी हुन्छ र रोगले गम्भीर रूप लिनु अघि नै रोकथाम गर्न सकिन्छ । यसले बिरामीलाई लामो समयसम्म औषधि सेवन गर्नबाट पनि जोगाउँछ ।


यो किटले कसरी काम गर्छ ?
यो डायग्नोष्टिक किट आरटी–पीसीआर प्रविधिमा आधारित छ र नेशनल बाथरोग सेन्टरमा परीक्षण गर्न सकिन्छ । प्रारम्भिक लक्षण पत्ता लागेपछि स्वास्थ्यकर्मीले सो रोगको सही उपचार प्रक्रिया सुरु गर्न सकिने वरिष्ठ बाथरोग विशेषज्ञ डा. वैद्यको भनाइ रहेको छ ।
बाथरोगको प्रारम्भिक निदानले संक्रमण फैलिन रोक्छ र टाइप–१ मधुमेहको शुरुवाती उपचारले जीवनस्तर सुधार गर्न मद्दत गर्ने बैज्ञानिक अनुसन्धानहरुले देखाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अध्ययन अनुसार आरटी–पीसीआर प्रविधिबाट प्रारम्भिक निदानले १००% भन्दा बढी संवेदनशीलता देखाएको छ, जसले रोगको सुरुवाती अवस्था पहिचान गर्न अत्यन्त प्रभावकारी बनाउँछ ।
 

वैज्ञानिक दृष्टिकोण

  • बाथरोगको प्रारम्भिक निदानले संक्रमणको श्रृंखला तोड्छ र समुदाय स्तरमा रोग फैलिनबाट बचाउँछ । 
  •  टाइप–१ मधुमेहको प्रारम्भिक पत्ता लगाउँदा इन्सुलिन थेरापी समयमा सुरु गर्न सकिन्छ र जटिलता कम हुन्छ ।
  • आरटी–पीसीआर प्रविधि विश्वभर उच्च स्तरमा प्रमाणित छ र यसको संवेदनशीलता र विशेषता वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ ।

अनुसन्धान र भविष्य
प्रारम्भिक निदान र उपचारले रोगग्रस्त व्यक्तिको जीवन प्रत्याशा र स्वास्थ्य स्तरमा उल्लेखनीय सुधार ल्याउने यस प्रविधिमा आधारित अनुसन्धानहरूले देखाएका छन् । नेपालको सन्दर्भमास्वास्थ्य पहुँच र उपचार खर्च चुनौतीपूर्ण भएका ठाउँहरुमा यस डायग्नोष्टिक किटको प्रभावकारिता अत्यन्त महत्वपूर्ण छ ।
नेपालका स्वास्थ्य विशेषज्ञहरूले यस कदमलाई समुदायमा रोग नियन्त्रणको लागि ऐतिहासिक उपलब्धि भन्दै स्वागत गरिरहेका छन् ।  


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप टेक्नोलोजी फर हेल्थ