नेपाल हेल्थ न्युज, काठमाडौं । नेक्स जेन ल्याब सोलुसनले नेपालमा पहिलोपटक बाथरोग र टाइप–१ मधुमेहको प्रारम्भिक लक्षण पत्ता लगाउन सक्षम डायग्नोष्टिक किट HLA–DR4 भित्र्याएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रबीच सो डायग्नोष्टिक किटको भव्य शुभारम्भ गरिएको छ ।
यस किटले रोग प्रारम्भिक (Early Diagnosis) अवस्थामा नै पत्ता लगाउने र बिरामीलाई समयमै उपचार सुरु गर्न मद्दत पुयाउने वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले जानकारी दिनुभयो ।
युरोपको चेक रिपब्लिकस्थित ‘होला वायोल्याब्स’ सँगको सहकार्यमा विकसित यो किट नेपाललगायत दक्षिण एसियाकै लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
नेपालमा धेरै बिरामी सामान्यतया रोगको गम्भीर अवस्था पुगिसकेपछि मात्र अस्पताल पुग्छन् । यसले शरीरका अंगमा क्षति भइसकेको हुन्छ र उपचार लामो तथा महँगो हुन्छ । यस नयाँ किटले प्रारम्भिक लक्षण पत्ता लगाउँदा बिरामीलाई सहज र प्रभावकारी उपचार प्राप्त गर्न सजिलो वाथरोग विशेषज्ञ डा. सुधिर कर्माचार्यले जानकारी गराउनुभयो ।
नेक्सजेन सोलुसनका अनुसार, भविष्यमा यो टेष्ट देशभरिका अस्पताल र स्वास्थ्य संस्थाहरूमा सहज उपलब्ध गराउने योजना बनाइएको छ । यसको प्रयोगले नेपालमा बाथरोग नियन्त्रण र मधुमेह व्यवस्थापनमा क्रान्तिकारी योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नेक्सजेन सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेका अनुसार, बाथरोग वा टाइप–१ मधुमेहको शुरुवाती अवस्था नै पत्ता लागेमा उपचार प्रभावकारी हुन्छ र रोगले गम्भीर रूप लिनु अघि नै रोकथाम गर्न सकिन्छ । यसले बिरामीलाई लामो समयसम्म औषधि सेवन गर्नबाट पनि जोगाउँछ ।
यो किटले कसरी काम गर्छ ?
यो डायग्नोष्टिक किट आरटी–पीसीआर प्रविधिमा आधारित छ र नेशनल बाथरोग सेन्टरमा परीक्षण गर्न सकिन्छ । प्रारम्भिक लक्षण पत्ता लागेपछि स्वास्थ्यकर्मीले सो रोगको सही उपचार प्रक्रिया सुरु गर्न सकिने वरिष्ठ बाथरोग विशेषज्ञ डा. वैद्यको भनाइ रहेको छ ।
बाथरोगको प्रारम्भिक निदानले संक्रमण फैलिन रोक्छ र टाइप–१ मधुमेहको शुरुवाती उपचारले जीवनस्तर सुधार गर्न मद्दत गर्ने बैज्ञानिक अनुसन्धानहरुले देखाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अध्ययन अनुसार आरटी–पीसीआर प्रविधिबाट प्रारम्भिक निदानले १००% भन्दा बढी संवेदनशीलता देखाएको छ, जसले रोगको सुरुवाती अवस्था पहिचान गर्न अत्यन्त प्रभावकारी बनाउँछ ।
वैज्ञानिक दृष्टिकोण
- बाथरोगको प्रारम्भिक निदानले संक्रमणको श्रृंखला तोड्छ र समुदाय स्तरमा रोग फैलिनबाट बचाउँछ ।
- टाइप–१ मधुमेहको प्रारम्भिक पत्ता लगाउँदा इन्सुलिन थेरापी समयमा सुरु गर्न सकिन्छ र जटिलता कम हुन्छ ।
- आरटी–पीसीआर प्रविधि विश्वभर उच्च स्तरमा प्रमाणित छ र यसको संवेदनशीलता र विशेषता वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ ।
अनुसन्धान र भविष्य
प्रारम्भिक निदान र उपचारले रोगग्रस्त व्यक्तिको जीवन प्रत्याशा र स्वास्थ्य स्तरमा उल्लेखनीय सुधार ल्याउने यस प्रविधिमा आधारित अनुसन्धानहरूले देखाएका छन् । नेपालको सन्दर्भमास्वास्थ्य पहुँच र उपचार खर्च चुनौतीपूर्ण भएका ठाउँहरुमा यस डायग्नोष्टिक किटको प्रभावकारिता अत्यन्त महत्वपूर्ण छ ।
नेपालका स्वास्थ्य विशेषज्ञहरूले यस कदमलाई समुदायमा रोग नियन्त्रणको लागि ऐतिहासिक उपलब्धि भन्दै स्वागत गरिरहेका छन् ।
नेपालमा ‘टोमाई रोबोटिक सर्जरी’ दक्षिण–पूर्व एसियामै पहिलो
शनिबार, माघ २४, २०८२
नेपालकै पहिलो पूर्ण डिजिटल रेफरेन्स ल्याब नयाँबानेश्वरमा
बुधबार, माघ २१, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१

