नेभिगेशन

नेपालमा ‘टोमाई रोबोटिक सर्जरी’   दक्षिण–पूर्व एसियामै पहिलो

नेपालमा अत्याधुनिक उपचार प्रविधिहरू ल्याउने प्रयास बढिरहेका बेला ल्याबलाइन ट्रेडर्स प्रा.लि. ले पहिलोपटक चीनको  माइक्रोपोर्ट  कम्पनीको तोमाइ इन्डस्कोपिक रोबोटिक सर्जिकल सिस्टम नेपालमा भित्र्याएको हो ।

यो सिस्टम दक्षिण–पूर्व एसियामा नै पहिलोपटक नेपालमै लञ्च गरिएको हो । चितवन मेडिकल कलेजमा यस प्रविधिबाट युरोलोजी, ग्याँष्ट्रोइन्टेस्टाइन (जिआई) सर्जरी र गाइनोकलोजिकल केसहरू सफलतापूर्वक सञ्चालन भइरहेका छन् ।

यसको मूल्य करिब २५ करोड रुपैयाँ पर्छ । तर दा भिन्ची प्रणालीसँग तुलना गर्दा यो आधा मूल्यभन्दा कममा उपलब्ध छ ।

रोबोटिक सर्जरी सिस्टम ल्याउन डेढ वर्षभन्दा बढी अध्ययन, भिजिट, परीक्षण र योजना बनाउन लाग्यो । कम्पनी भिजिट, ड्राइ÷वेट ल्याब परीक्षण, विश्वभरका रोबोटिक सर्जरी प्रशिक्षणहरूको अवलोकनपछि हामी ढुक्क भयौं । रोबोटिक सिस्टमले सर्जरी स्थिर र शुद्ध बनाउँछ । सर्जनलाई आरामदायी पोजिसनमा काम गर्न दिन्छ । रोगीको रिकभरी छिटो हुन्छ ।

न्यून रक्तस्राव र न्यून जोखिम हुन्छ । यो रोबोटिक सिस्टम युरोपका धेरै देशमा म्यासिभ रूपमा प्रयोगमा छ । यो सिस्टम भएका सबै ठाउँका क्लिनिकल परिणाम उत्कृष्ट देखिएका छन् ।  हामीले कम्पनिको सहयोगमा क्लिनिकल, बायोमेडिकल सपोर्ट र सर्भिस इन्जिनियरिङ लगातार उपलब्ध गराउछौं । यसले अस्पताललाई प्रविधि पूर्ण क्षमतामा सञ्चालन गर्न मद्दत गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप टेक्नोलोजी फर हेल्थ