ललितपुरको गोदावरीका प्रयास श्रेष्ठ र सबिना चित्रकारको घरमा आज जुम्ल्याहा सन्तानको हाँसो घन्किन्छ । एक छोरी, एक छोरा छन् । यी दुई बच्चा आज उहाँहरूको जीवनका केन्द्र बनेका छन् । छोराछोरीलाई काखमा राखेर खेलाउँदा उहाँहरूका आँखाबाट कहिलेकाहीँ आँसु झर्छ, तर यो खुसीको आँसु हो, संघर्षपछि पाएको उपहारको सम्झनामा पोखिने आँसु । सबिना चित्रकार भन्नुहुन्छ‘बेबीको योजना गर्दागर्दै क्रियटर्स आईभिएफ पुग्यौं । अहिले त एकदम धेरै खुशी छौं । डबल खुशी पाउँछुौं भनेर सोचेका थिएनौँ ।’
विवाह, प्रतीक्षा र पीडाको कथा
सबिना र प्रयासले पाँच वर्षअघि विवाह गर्नुभयो । शुरूका दुई–तीन वर्ष त उहाँहरूले सन्तानको योजना नै गर्नुभएन । ‘त्यतिबेला हतार थिएन’—सबिना भन्नुहुन्छ । तर जब समय पुग्यो भन्ने महसुस भयो तब उहाँहरू बच्चाको तयारीमा लाग्नुभयो । पहिलो पटक प्रयास गर्दा नै गर्भ बस्यो ।
तर त्यो खुशी लामो समय टिक्न सकेन । मिसक्यारेज भयो । त्यसपछि एक वर्षसम्म उहाँहरूले प्रयास नै गर्नुभएन । फेरि नहोला कि भन्ने भित्रभित्रै पीडा र डर थियो । ‘हस्पिटलदेखि नै म रुँदै आउथेँ’—सबिना भन्नुहुन्छ—‘केही समस्या नहुँदा पनि बसिरहेको थिएन । नहोला भन्ने डर थियो ।’
एक टर्निङ प्वाइन्टः क्रियटर्स र डा. सानुमैंया
एक दिन एक साथीले सातदोबाटोस्थित क्रियटर्स आईभिएफ नेपाल जाने सल्लाह दिए । त्यहाँ डा. सानुमाया श्रेष्ठसँग भेट भयो । अनुभव, आत्मविश्वास र न्यानो व्यवहारले भरिपूर्ण सानुमाया श्रेष्ठको शब्दहरूले सबिनामा फेरि आशा पलायो । ‘उहाँले केही टेष्ट गर्नुभयो, मेडिसिन दिनुभयो । त्यहाँ गएको महिनामै कन्सिभ भइहाल्यो’—सबिना भन्नुहुन्छ ।
श्रीमान्को साथ र चिकित्सकको समर्थन
सबिनाका अनुसार श्रीमान् प्रयासको साथबिना यो यात्रा सहज हुने थिएन । ‘श्रीमान् एकदमै सपोर्टिभ हुनुहुन्छ । सायद उहाँले साथ नदिएको भए म धेरै गाह्रोमा पर्थें’—उहाँ भन्नुहुन्छ । तीन महिनाको गर्भावस्थामा केही समय हल्का व्लिडिङ पनि भयो । त्यो समय सबिनाको चिन्ता चरममा पुगेको थियो । ‘रातभर सुत्न सकिनँ’—उहाँ सम्झिनुहुन्छ । त्यसबेला पनि डा. सानुमाया श्रेष्ठ र उहाँको टिमले दिएको सहयोगले सबिना र प्रयासलाई सम्हाल्यो ।
आशाको उज्यालोः जुम्ल्याहा सन्तान
अन्ततः जब डाक्टरले सबिनालाई गर्भवती भएको खबर सुनाउनुभयो, सबिना र प्रयास एक अर्काको अँगालोमा बाँधिनुभयो । खुशीको आँसु रोक्न सक्नुभएन । तर त्यो खुसी त्यत्तिमा मात्र सीमित रहेन । जुम्ल्याहा सन्तानको खबरले उहाँहरूको खुसी डबल बन्यो । ‘म एकदमै लक्की महसुस गर्छु’—सबिना भन्नुहुन्छ । ‘डा. सानुमैंया र क्रियटर्सको टिमलाई धेरै धन्यवाद । उहाँहरूकै कारण मैले यति प्यारा बच्चा पाएँ ।’
उपचार भन्दा बढी साथ र भरोसा
यो कथा केवल एक सफल निःसन्तान उपचारको मात्र होइन । यो कथा हो—साथ, समर्थन र विश्वासको, यो कथा हो—एक महिलाको आँसु, पीडा, संघर्ष र अन्ततः सफलताको । क्रियटर्स आईभिएफको डा. सानुमाया श्रेष्ठ जस्ता विशेषज्ञहरूको संवेदनशील उपचार र सही समयमै दिइएको निर्णयले आज प्रयास–सबिना दम्पती मात्र होइन, उहाँहरूका बच्चा पनि एउटा उज्यालो भविष्यतर्फ लम्किएका छन् ।
अन्त्यमा...
प्रत्येक जोडीको सन्तान पाउने यात्रा फरक हुन्छ । कसैको सहज हुन्छ, कसैको संघर्षपूर्ण । तर जब चिकित्सक, परिवार र जीवनसाथीको साथ पाइन्छ, त्यो यात्रा सफल बन्न सक्छ । आज प्रयास र सबिना त्यो सफलताको उज्यालोमा रमाइरहनुभएको छ—जसको सुरूवात् आँशुबाट भए पनि अन्त्य मुस्कानमा भयो ।
सपना जन्मिन्छन् तर गर्भ बस्दैन
सोमबार, साउन २६, २०८२
घट्दो शुक्रकिट संख्या
सोमबार, साउन २६, २०८२
निजी मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन
बुधबार, वैशाख ३, २०८२
