ललितपुरको गोदावरीका प्रयास श्रेष्ठ र सबिना चित्रकारको घरमा आज जुम्ल्याहा सन्तानको हाँसो घन्किन्छ । एक छोरी, एक छोरा छन् । यी दुई बच्चा आज उहाँहरूको जीवनका केन्द्र बनेका छन् । छोराछोरीलाई काखमा राखेर खेलाउँदा उहाँहरूका आँखाबाट कहिलेकाहीँ आँसु झर्छ, तर यो खुसीको आँसु हो, संघर्षपछि पाएको उपहारको सम्झनामा पोखिने आँसु । सबिना चित्रकार भन्नुहुन्छ‘बेबीको योजना गर्दागर्दै क्रियटर्स आईभिएफ पुग्यौं । अहिले त एकदम धेरै खुशी छौं । डबल खुशी पाउँछुौं भनेर सोचेका थिएनौँ ।’
विवाह, प्रतीक्षा र पीडाको कथा
सबिना र प्रयासले पाँच वर्षअघि विवाह गर्नुभयो । शुरूका दुई–तीन वर्ष त उहाँहरूले सन्तानको योजना नै गर्नुभएन । ‘त्यतिबेला हतार थिएन’—सबिना भन्नुहुन्छ । तर जब समय पुग्यो भन्ने महसुस भयो तब उहाँहरू बच्चाको तयारीमा लाग्नुभयो । पहिलो पटक प्रयास गर्दा नै गर्भ बस्यो ।
तर त्यो खुशी लामो समय टिक्न सकेन । मिसक्यारेज भयो । त्यसपछि एक वर्षसम्म उहाँहरूले प्रयास नै गर्नुभएन । फेरि नहोला कि भन्ने भित्रभित्रै पीडा र डर थियो । ‘हस्पिटलदेखि नै म रुँदै आउथेँ’—सबिना भन्नुहुन्छ—‘केही समस्या नहुँदा पनि बसिरहेको थिएन । नहोला भन्ने डर थियो ।’
एक टर्निङ प्वाइन्टः क्रियटर्स र डा. सानुमैंया
एक दिन एक साथीले सातदोबाटोस्थित क्रियटर्स आईभिएफ नेपाल जाने सल्लाह दिए । त्यहाँ डा. सानुमाया श्रेष्ठसँग भेट भयो । अनुभव, आत्मविश्वास र न्यानो व्यवहारले भरिपूर्ण सानुमाया श्रेष्ठको शब्दहरूले सबिनामा फेरि आशा पलायो । ‘उहाँले केही टेष्ट गर्नुभयो, मेडिसिन दिनुभयो । त्यहाँ गएको महिनामै कन्सिभ भइहाल्यो’—सबिना भन्नुहुन्छ ।
श्रीमान्को साथ र चिकित्सकको समर्थन
सबिनाका अनुसार श्रीमान् प्रयासको साथबिना यो यात्रा सहज हुने थिएन । ‘श्रीमान् एकदमै सपोर्टिभ हुनुहुन्छ । सायद उहाँले साथ नदिएको भए म धेरै गाह्रोमा पर्थें’—उहाँ भन्नुहुन्छ । तीन महिनाको गर्भावस्थामा केही समय हल्का व्लिडिङ पनि भयो । त्यो समय सबिनाको चिन्ता चरममा पुगेको थियो । ‘रातभर सुत्न सकिनँ’—उहाँ सम्झिनुहुन्छ । त्यसबेला पनि डा. सानुमाया श्रेष्ठ र उहाँको टिमले दिएको सहयोगले सबिना र प्रयासलाई सम्हाल्यो ।
आशाको उज्यालोः जुम्ल्याहा सन्तान
अन्ततः जब डाक्टरले सबिनालाई गर्भवती भएको खबर सुनाउनुभयो, सबिना र प्रयास एक अर्काको अँगालोमा बाँधिनुभयो । खुशीको आँसु रोक्न सक्नुभएन । तर त्यो खुसी त्यत्तिमा मात्र सीमित रहेन । जुम्ल्याहा सन्तानको खबरले उहाँहरूको खुसी डबल बन्यो । ‘म एकदमै लक्की महसुस गर्छु’—सबिना भन्नुहुन्छ । ‘डा. सानुमैंया र क्रियटर्सको टिमलाई धेरै धन्यवाद । उहाँहरूकै कारण मैले यति प्यारा बच्चा पाएँ ।’
उपचार भन्दा बढी साथ र भरोसा
यो कथा केवल एक सफल निःसन्तान उपचारको मात्र होइन । यो कथा हो—साथ, समर्थन र विश्वासको, यो कथा हो—एक महिलाको आँसु, पीडा, संघर्ष र अन्ततः सफलताको । क्रियटर्स आईभिएफको डा. सानुमाया श्रेष्ठ जस्ता विशेषज्ञहरूको संवेदनशील उपचार र सही समयमै दिइएको निर्णयले आज प्रयास–सबिना दम्पती मात्र होइन, उहाँहरूका बच्चा पनि एउटा उज्यालो भविष्यतर्फ लम्किएका छन् ।
अन्त्यमा...
प्रत्येक जोडीको सन्तान पाउने यात्रा फरक हुन्छ । कसैको सहज हुन्छ, कसैको संघर्षपूर्ण । तर जब चिकित्सक, परिवार र जीवनसाथीको साथ पाइन्छ, त्यो यात्रा सफल बन्न सक्छ । आज प्रयास र सबिना त्यो सफलताको उज्यालोमा रमाइरहनुभएको छ—जसको सुरूवात् आँशुबाट भए पनि अन्त्य मुस्कानमा भयो ।
हरेक बालबालिकासम्म जीवनरक्षक खोप पुर्याउन विश्व स्वास्थ्य संगठनको आह्वान
बुधबार, असार ३१, २०८३
सपना जन्मिन्छन् तर गर्भ बस्दैन
सोमबार, साउन २६, २०८२
घट्दो शुक्रकिट संख्या
सोमबार, साउन २६, २०८२
निजी मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन
बुधबार, वैशाख ३, २०८२
