नेपाल हेल्थ न्युज, काठमाडौं । देशका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै नियुक्त भएका उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको उपस्थितिमा शपथ ग्रहण सम्पन्न भएको हो।
शपथ लिनेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रा. डा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. बुद्धिप्रसाद पौडेल, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. भरत खत्री रहेका छन्।
कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई पारदर्शिता, उत्तरदायित्व र सुशासनमा आधारित कार्यशैली अपनाउन प्रेरणा दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

