नेपाल हेल्थ न्युज, काठमाडौं । देशका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै नियुक्त भएका उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको उपस्थितिमा शपथ ग्रहण सम्पन्न भएको हो।
शपथ लिनेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रा. डा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. बुद्धिप्रसाद पौडेल, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. भरत खत्री रहेका छन्।
कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई पारदर्शिता, उत्तरदायित्व र सुशासनमा आधारित कार्यशैली अपनाउन प्रेरणा दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२
