नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने उद्देश्यले एक वर्षे कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। बुधबार आयोजित कार्यक्रममा मन्त्री प्रदीप पौडेल र मन्त्रालयका दुई सचिवबीच सम्झौतामा हस्ताक्षर भएको हो।
मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रशासन सचिव डिल्लीराम शर्मासँग अलग(अलग कार्यसम्पादन करारमा हस्ताक्षर गर्दै नीतिगत सुधारको प्रभाव नागरिकले प्रत्यक्ष महसुस गर्न सक्नेगरी कार्यान्वयनमा जोड दिनु आवश्यक रहेको बताउनुभयो।
उहाँले सेवा प्रवाहको मूल्यांकन सूचकांक मात्र नभई, नागरिकको अनुभव र सन्तुष्टिका आधारमा गर्नुपर्ने धारणा राख्नुभयो। “कार्यको प्रभाव नतिजामै देखिनुपर्छ,” उहाँले भन्नुभयो, “सरकारी प्रतिवेदनभन्दा नागरिकको अनुभूति ठूलो प्रमाण हो।”

स्वास्थ्य सचिव डा. देवकोटाले मन्त्रालयले जनस्वास्थ्यका चुनौती समाधान गर्न कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सम्झौतामा उल्लेखित कार्यहरू समयमै सम्पन्न गर्ने स्पष्ट पार्दै, “नागरिकको स्वास्थ्यमा सम्झौता हुँदैन,” भन्नुभयो।
त्यस्तै, प्रशासन सचिव शर्माले जनशक्ति व्यवस्थापन र प्रशासनिक सुधारमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो। उहाँले स्वास्थ्यकर्मीको सरुवा र बढुवा प्रक्रिया पारदर्शी र वैज्ञानिक ढंगले अघि बढाइने बताउनुभयो। शर्माले करार सफल कार्यान्वयन गर्न आवश्यक सबै सुधार र व्यवस्था अपनाइने स्पष्ट पार्नुभयो।
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
१५ दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन’
सोमबार, वैशाख २१, २०८३
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३

