नेपाल हेल्थ न्युज, काठमाडौं । थापाथलीमा अवस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार आधारमा स्टाफ नर्स पदका लागि आवेदन आह्वान गरेको छ। आज प्रकाशित सूचनामार्फत योग्य र इच्छुक नेपाली नागरिकहरूलाई निर्धारित समयभित्र दरखास्त दिन आग्रह गरिएको हो।
अस्पतालले स्वास्थ्य सेवातर्फको पाँचौँ तहमा केहि संख्यामा स्टाफ नर्स आवश्यक रहेको जनाउँदै, छनोट प्रक्रिया अन्तर्गत लिखित परीक्षा र अन्तर्वार्ता हुने जानकारी गराएको छ।
आवेदन दिने उम्मेदवारले मान्य शिक्षण संस्थाबाट नर्सिङमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित पेशागत काउन्सिलमा नाम दर्ता भएको हुनु अनिवार्य छ। उमेरको हकमा भने १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।
इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात २०८२ साल भदौ १९ गतेभित्र कार्यालय समयसम्म अस्पतालको प्रशासन शाखामा आवेदन बुझाउनु पर्नेछ। परीक्षा र छनोटसम्बन्धी थप विवरण भने अस्पतालको आधिकारिक वेबसाइटमार्फत पछि सार्वजनिक गरिने जनाइएको छ।

इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
