नेभिगेशन

परोपकार प्रसूति गृहमा करार स्टाफ नर्सको माग

नेपाल हेल्थ न्युज, काठमाडौं । थापाथलीमा अवस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार आधारमा स्टाफ नर्स पदका लागि आवेदन आह्वान गरेको छ। आज प्रकाशित सूचनामार्फत योग्य र इच्छुक नेपाली नागरिकहरूलाई निर्धारित समयभित्र दरखास्त दिन आग्रह गरिएको हो।

अस्पतालले स्वास्थ्य सेवातर्फको पाँचौँ तहमा केहि संख्यामा स्टाफ नर्स आवश्यक रहेको जनाउँदै, छनोट प्रक्रिया अन्तर्गत लिखित परीक्षा र अन्तर्वार्ता हुने जानकारी गराएको छ।

आवेदन दिने उम्मेदवारले मान्य शिक्षण संस्थाबाट नर्सिङमा प्रमाणपत्र तह  उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित पेशागत काउन्सिलमा नाम दर्ता भएको हुनु अनिवार्य छ। उमेरको हकमा भने १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।

इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात २०८२ साल भदौ १९ गतेभित्र  कार्यालय समयसम्म अस्पतालको प्रशासन शाखामा आवेदन बुझाउनु पर्नेछ। परीक्षा र छनोटसम्बन्धी थप विवरण भने अस्पतालको आधिकारिक वेबसाइटमार्फत पछि सार्वजनिक गरिने जनाइएको छ।

paropakar-parsuti-1755674032.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट