नेभिगेशन

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा १५ स्टाफ नर्स माग

नेपाल हेल्थ न्युज, काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति, थापाथलीले १५ जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ।

अस्पतालले करार सेवामा पाँचौँ तहका स्टाफ नर्स पदपूर्तिका लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

अस्पतालका अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलको दर्ता प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

आवेदन सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात् २०८३ असोज २९ गते दिउँसो ३ बजेसम्म अस्पतालको प्रशासन शाखामा दर्ता गराउनुपर्नेछ। आवेदन फाराम अस्पतालको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, एसएलसीरएसईईको प्रमाणपत्र, सम्बन्धित परिषद्मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्ने अस्पतालले जनाएको छ।

आवेदन दस्तुर ६ सय रुपैयाँ तोकिएको छ। उक्त रकम अस्पतालको नगद काउन्टरमा जम्मा गरी सक्कल भौचर आवेदनसँगै पेश गर्नुपर्नेछ।

स्टाफ नर्स पदका लागि लिखित परीक्षा र अन्तर्वार्ता सञ्चालन हुनेछ। परीक्षाको मिति अस्पतालको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत पछि सार्वजनिक गरिने जनाइएको छ।

अस्पतालले आर्थिक वर्ष २०८३/८४ मा आवश्यक पर्ने स्टाफ नर्स जनशक्ति यसै विज्ञापनअनुसार सञ्चालन हुने परीक्षाबाट छनोट भई प्रतीक्षा सूचीमा रहेका उम्मेदवारको नामावलीअनुसार क्रमशः पदपूर्ति गरिने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ