नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आर्थिक अनुशासन कायम गर्दै बेरुजु फर्छ्यौट, न्यूनीकरण र अभिलेख व्यवस्थापनका लागि कार्ययोजना सार्वजनिक गरेको छ।
आर्थिक वर्ष ०८२/०८३ का लागि ल्याइएको उक्त कार्ययोजनाले मन्त्रालयअन्तर्गतका सबै विभाग, महाशाखा र कार्यालयहरूलाई वित्तीय जवाफदेहितामा प्रतिबद्ध गराउने उद्देश्य राखिएको छ।
मन्त्रालयका अनुसार कार्ययोजना लागू हुने निकायहरूमा मन्त्रालयसँग सम्बन्धित गैर-बजेटरी संस्थाहरू जस्तै प्रतिष्ठान, बोर्ड, केन्द्रीय अस्पतालहरूका साथै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (भक्तपुर) लगायतका निकायहरू रहेका छन्।
मन्त्रालयको तर्फबाट उपसचिव (लेखा) गोपी चन्द्र भण्डारीले सोमबार हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “कार्ययोजना मार्फत बेरुजु घटाउन, लेखा प्रणालीलाई पारदर्शी बनाउन र अभिलेखको व्यवस्थापन सुदृढ गर्नका लागि आवश्यक दिशा निर्देश प्रदान गरिएको छ।”






जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
