नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका सातै प्रदेशमा अटिजमसम्बन्धी विद्यालयको आवश्यकताबारे चर्चा गर्दै प्रारम्भिक चरणमा प्रत्येक प्रदेशमा कम्तीमा एकवटा अटिजम विद्यालय स्थापना गर्ने योजना रहेको जानकारी दिनुभएको छ।
मन्त्रालयमा बुधबार अटिजमको उपचार, रोकथाम र व्यवस्थापनसम्बन्धी समितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनलाई ग्रहण गर्दै मन्त्री पौडेलले काठमाडौंको बुढानिलकण्ठमा पनि अटिजम विद्यालय निर्माणको काम अगाडि बढिरहेको बताउनुभयो। बुढानिलकण्ठ–४ को जग्गामा भवन निर्माण प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो।
यस वर्षको बजेटमा अटिजम विद्यालय सञ्चालनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ भने काठमाडौ महानगरपालिकाले पनि यस क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मन्त्री पौडेलले नेपालमा अटिजम भएका बालबालिकाको यकिन तथ्याङ्क अहिलेसम्म उपलब्ध नभएको जनाउँदै सुधारका लागि आवश्यक कदम चालिने वचन दिनुभएको छ।
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
