नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका सातै प्रदेशमा अटिजमसम्बन्धी विद्यालयको आवश्यकताबारे चर्चा गर्दै प्रारम्भिक चरणमा प्रत्येक प्रदेशमा कम्तीमा एकवटा अटिजम विद्यालय स्थापना गर्ने योजना रहेको जानकारी दिनुभएको छ।
मन्त्रालयमा बुधबार अटिजमको उपचार, रोकथाम र व्यवस्थापनसम्बन्धी समितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनलाई ग्रहण गर्दै मन्त्री पौडेलले काठमाडौंको बुढानिलकण्ठमा पनि अटिजम विद्यालय निर्माणको काम अगाडि बढिरहेको बताउनुभयो। बुढानिलकण्ठ–४ को जग्गामा भवन निर्माण प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो।
यस वर्षको बजेटमा अटिजम विद्यालय सञ्चालनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ भने काठमाडौ महानगरपालिकाले पनि यस क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मन्त्री पौडेलले नेपालमा अटिजम भएका बालबालिकाको यकिन तथ्याङ्क अहिलेसम्म उपलब्ध नभएको जनाउँदै सुधारका लागि आवश्यक कदम चालिने वचन दिनुभएको छ।
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
