नेपाल हेल्थ न्युज, वीरगन्ज । नारायणी अस्पतालको उपचार कक्ष (एनआइसीयू) नजिकै रहेको स्टोरमा आगलागी भएको छ। मंगलबार बिहान करिब ४ बजे अस्पतालको प्रसूति गृह भवनको तेस्रो तलामा रहेको स्टोरमा आगो लागेको हो।
प्रारम्भिक अनुमान अनुसार, बिजुलीको सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, आगलागीबाट स्टोरमा रहेका केही सामग्री जलेका छन्। यद्यपि, आगो छिट्टै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन नपाएको उहाँले बताउनुभयो।
“एनआइसीयू वार्ड नजिकै आगो लागे पनि त्यहाँ रहेका बिरामीहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ र उनीहरूको उपचार अन्य विभागमा जारी रहेको छ,” डा. सिंहले जानकारी दिनुभयो।
आगो नियन्त्रणमा लिन वीरगन्ज महानगरपालिकाबाट गएको दमकल प्रयोग गरिएको थियो। अहिले आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
