नेपाल हेल्थ न्युज, वीरगन्ज । नारायणी अस्पतालको उपचार कक्ष (एनआइसीयू) नजिकै रहेको स्टोरमा आगलागी भएको छ। मंगलबार बिहान करिब ४ बजे अस्पतालको प्रसूति गृह भवनको तेस्रो तलामा रहेको स्टोरमा आगो लागेको हो।
प्रारम्भिक अनुमान अनुसार, बिजुलीको सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, आगलागीबाट स्टोरमा रहेका केही सामग्री जलेका छन्। यद्यपि, आगो छिट्टै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन नपाएको उहाँले बताउनुभयो।
“एनआइसीयू वार्ड नजिकै आगो लागे पनि त्यहाँ रहेका बिरामीहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ र उनीहरूको उपचार अन्य विभागमा जारी रहेको छ,” डा. सिंहले जानकारी दिनुभयो।
आगो नियन्त्रणमा लिन वीरगन्ज महानगरपालिकाबाट गएको दमकल प्रयोग गरिएको थियो। अहिले आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
